अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर्वार्ता : केपी ओलीले मात्र मधेसका माग सम्बोधन गर्न सक्नुहुन्छ : मण्डल

अन्तर्वार्ता : केपी ओलीले मात्र मधेसका माग सम्बोधन गर्न सक्नुहुन्छ : मण्डल


सत्यनारायण मण्डल जनता समाजवादी पार्टीका नेता हुनुहुन्छ । पार्टी एकता अघि उहाँ राष्ट्रिय जनता पार्टीका उपाधक्ष्य हुनुहुन्थ्यो । त्यस अघि उहाँ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका प्रवक्ता हुनुहुन्थ्यो । मधेसका मुद्दामा तार्किक रुपमा प्रस्तुत हुने मण्डल जसपामा अध्यक्ष महन्थ ठाकुर निकट हुनुहुन्छ । वर्तमान सरकारलाई जसपाले समर्थन गरेर मधेसका मुद्दा समाधान गर्नुपर्ने उहाँको धारणा छ । नेपाली बहस डट कमले मण्डलसँग यस बिषयमा लामो कुराकानी गरेको छ । प्रस्तुत छ नेपाली बहसका प्रधान सम्पादक चेतन अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश:

तपाईंहरुले उठाउँदै आउनु भएका मधेसका मुद्दा यो सरकारले समाधान गर्छ भन्नेमा कति आशावादी हुनुहुन्छ ?

मधेसको जुन मुद्दा छ, त्यो मुद्दा प्राविधिक मुद्दा हो । र, त्यो मुद्दा प्राविधिक रुपमै समाधान हुनुपर्छ । जबसम्म सदनमा दुई तिहाइले अनुमोदन गर्दैन, तबसम्म यो मुद्दा सम्बोधन हुन सक्दैन । अहिले वर्तमान समयमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग दुईतिहाइ बहुमत त छैन । यही विषयलाई लिएर कांग्रेस र माओवादी मिलेर मधेसको विषयमा पेस भएको विधेयक फेल गराए । किनभने दुईतिहाइ चाहिन्थ्यो । अहिले बहुत डाइनामिक नेतृत्व देखियो केपी ओलीजीमा । त्यसबेला केपीजी हाम्रो मुद्दासँग सहमत हुनुभएको थिएन । अहिले म के देखिराखेको छु भने प्रधानमन्त्री केपीजी मधेसकोे मुद्दासँग पूरै अवगत हुनुभयो र उहाँले महसुस गर्नुभयो कि मधेसका आधारभूत समस्याहरु छन् । त्यसको समाधान नगरिकन राष्ट्रिय एकता  हुँदैेन । राष्ट्रिय एकताका लागि पनि मधेसको समस्या समाधान गर्‍यो भने देश समग्र रुपमा अगाडि बढ्छ र तीव्र विकास हुन्छ । त्यसकारण अहिले हामीलाई ठूलो आशा पलाएको छ । अहिले प्रधानमन्त्री सहमत भएर अब हाम्रो मुद्दा समाधान गर्दिनुभयो भने  मधेसका डेढ करोड जनता उहाँप्रति अनुगृहित हुन्छन् । मधेसका सबै जनता उहाँको जयजयकार गर्छन् । हामीले धेरै आशा, भरोसा र विश्वास राखेका छौं ।

तपाईंले भन्ने गरेका मधेसका मुद्दाहरु के के हुन् ?

संविधानको संशोधन । त्यो दुईतिहाइ बहुमतले गर्न सक्छ । अहिले दुईतिहाइ बहुमत  केपीजीसँग छैन । तर उहाँले यो विषय फ्लोर गरिदिनुभयो भने प्रचण्डजीहरु सहमत नभइ धरै छैन ।  मधेसी दलहरुले त समर्थन गरिहाल्छन् । जसले गर्दा सजिलै बहुमत पुग्छ ।

अहिले हामी लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा प्रवेश गरेका छौं  । प्रजातन्त्रका चारवटा देशहरु स्वीट्जरल्याण्ड, इंग्ल्याण्ड, भारत, अमेरिका । यो सबै ठाउँमा प्रजातन्त्रको मूल कुरा लागु छ भने यहाँ पनि लागु हुनुपर्‍यो । जस्तै, कि जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्‍यो । जनसंख्याको आधारमा संघीयताको संरचना हुनुपर्‍यो । जनसंख्याको आधारमा समानता जनताले प्राप्त गर्नुपर्‍यो ।  यो मधेसीको मात्रैको प्रश्न होइन, यसमा मधेसी, पहाडी, हिमाली, क्षेत्री, बाहुन सबैमा लागु हुन्छ । तर डेढ करोड जनता मधेसमा बसोबास गरिराखेको छ । त्यो डेढ करोड जनताले के पाएको छ ? त्यो डेढ करोड जनताले ५० प्रतिसत समानता पाउनु पर्‍यो । तर, अहिलेसम्म जति पनि योजना बनाएको छ, २० प्रतिशत भन्दा बढी बजेट मधेसमा वितरण गरिएको छैन ।  हामी त्यहाँ मधेसी मूलका मान्छे मात्रै प्रताडित भएका छैनौं । पहाडी मूलका मान्छे पनि त त्यहाँ बसोबास गरेका छन् । उनीहरु पनि त्यो अवसरबाट वञ्चित छन् । त्यहाँ बसोबास गर्ने सबैले बराबरीको  हिस्सेदारी पाउनु पर्छ भन्ने हाम्रो माग छ । बराबरी जनसंख्याको आधारमा मैले प्रतिनिधित्वको कुरा गरेँ । समानताको बाँडफाँड हुनुपर्‍यो । मधेसमा २ सय विद्यार्थीमा एउटा  शिक्षक छ सरदर । पहाड र हिमालमा विद्यार्थीभन्दा शिक्षक बढी भएको पाइन्छ । यसको सामन्जयस्ता र तादम्यता हुनुपर्‍यो नि । मधेस पनि नेपाल नै हो । नेपाल नै भएको हुनाले शिक्षाको सम्बन्धमा होस्, उद्योगको क्षेत्रमा होस्, चाहे प्रतिनिधित्वकोे बारेमा होस् वा नागरिकताको समाधानको पनि कुरा हो । नागरिकता विधेयक संसदमा विचाराधीन छ । अहिले बीसौं लाख मान्छे वंशजको आधारमा नागरिकता प्राप्त गर्नबाट बञ्चीत छ ।  उसको बच्चा पढ्न  पाउँदैन । उसले लोकसेवा आयोग पनि दिन पाउँदैन । उसको उमेर गइसकेको हुन्छ । यो एकदमै संवेदनशील मुद्दा हो मधेसको । यसलाई सम्बोधन गर्नै पर्छ ।

यी मुद्दाको समाधानको उपाय के होला त ?

संविधानको संशोधन । त्यो दुईतिहाइ बहुमतले गर्न सक्छ । अहिले दुईतिहाइ बहुमत  केपीजीसँग छैन । तर उहाँले यो विषय फ्लोर गरिदिनुभयो भने प्रचण्डजीहरु सहमत नभइ धरै छैन ।  मधेसी दलहरुले त समर्थन गरिहाल्छन् । जसले गर्दा सजिलै बहुमत पुग्छ ।  अहिले यसमा प्रधानमन्त्रीजीले अलिकति प्रयास गर्नुभयो भनेदेखि यसको समाधान हुनेछ । त्यसकारण हामी पनि कसरी सहयोग गर्नुपर्छ, उहाँलाई सहयोग गछौं । कुन हिसाबले सहयोग गर्नुपर्छ किनभने हामी पनि नेपाली नागरिक नै हौं । जनता समाजवादी पार्टी अहिलेको संसदमा चौथो  ठूलो पार्टी छ, हैंसेमा होस्टे गर्न । सम्माननीय प्रधानमन्त्रीसँग यी मधेसका मुद्दा छन् त्यो मधेसीहरुको मात्रै मुद्दा होइनन् । यो समस्या प्रधानमन्त्रीजीको पनि हो । यो शेरबहादुर देउवाजीको पनि हो र  प्रचण्डजीकोे पनि हो । अब हेर्नुहेस नेताहरु  केपीजी पनि मधेसबाट हुनुहुन्छ, माधव नेपाल पनि मधेसबाट हुनुहुन्छ, प्रचण्डजी पनि मधेसबाट हुनुहुन्छ । धेरै नेता मधेसबाट आउनु भएको छ । त्यो सबैको समस्या छ, मधेसीको पनि समस्या छ । त्यसकारण यसलाई तात्विक भिन्नता नराखी सबैजना होस्टेमा हैंसे गरेर कुनै पनि हिसाबले यसलाई समस्याको समाधान गराइदिनु पर्‍यो । यसले गर्दा जुन मधेसी जनतामा नैराश्यता छ, त्यो हटेर जान्छ । र, मधेसी जनतामा पनि राष्ट्रियताको भाव अनुभूत हुन्छ र हामी ३ करोड सबै जनता मिलि एउटा राष्ट्रिय एकताको भाव लिएर अगाडि बढ्ने, देशलाई अगाडि बढाउने यो चाहिँ हुनुपर्छ ।

बीचमा केपीजीले मधेसको विरोध गर्नुभयो भनेर भन्छन् । त्यो चाहिँ मधेसको वास्तविकता उहाँलाई थाहा नभएर हुनसक्छ । म त अहिले पनि उहाँलाई के भन्छु, उहाँको अहिले जुन सल्लाहकारको समूह छ ।  त्यसमा  कुनै पनि मधेसी  छैनन्  । प्रधानमन्त्रीजीको सल्लाहकार सम”हमा मधेसको एकजना मान्छे हुनैपर्छ । किनभने उहाँ त मधेसको पनि प्रधानमन्त्री हुनुहुन्छ नि !

कुनैबेला त तपाईंहरु प्रधानमन्त्री ओलीलाई मधेस विरोधीको रुपमा चित्रित गर्नुहुन्थ्यो नि !

बीचमा केपीजीले मधेसको विरोध गर्नुभयो भनेर भन्छन् । त्यो चाहिँ मधेसको वास्तविकता उहाँलाई थाहा नभएर हुनसक्छ । म त अहिले पनि उहाँलाई के भन्छु, उहाँको अहिले जुन सल्लाहकारको समूह छ ।  त्यसमा  कुनै पनि मधेसी  छैनन्  । प्रधानमन्त्रीजीको सल्लाहकार सम”हमा मधेसको एकजना मान्छे हुनैपर्छ । किनभने उहाँ त मधेसको पनि प्रधानमन्त्री हुनुहुन्छ नि ! सबै क्षेत्रका मान्छे भए भने त्यही हिसाबले उहाँलाई सल्लाह दिन्छन्, सूचना दिन्छन् । उहाँलाई के भयो त्यसबेला जुन विरोध गर्नुभयो । उहाँलाई मधेसका बारेमा गलत सुचना र सुझावहरु दिइए । उहाँलाई त्यो कुराहरु थाहा भएन । अहिले आएर उहाँले कुरा बुझ्नु भएको छ । यो मधेसको वास्तविक समस्या रहेछ भन्ने उहाँले बुझ्नु भयो । र, उहाँ त मधेसको पनि प्रधानमन्त्री हुनुहुन्छ । उहाँको कर्तव्य पनि हुन्छ कि मधेसको पनि समस्या समाधान होस्, हिमालको पनि होस्, पहाडको पनि होस् । सबै जनजातिकोे होस् । अहिले हामी खुशी त्यसैकारणले भएका छौं कि हाम्रो समस्या प्रधानमन्त्रीज्यूले बुझ्नु भयो । अब उहाँलाई थाहा भयो । प्रधानमन्त्रीले मधेसको विरोध गर्नुहुन्न, हाम्रो समस्या समाधान गर्नलाई उद्दत हुनुहुन्छ । उहाँले मधेसका समास्या समस्या समाधान गर्न प्रक्रिया बढाइसक्नु भयो । उहाँले ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको  संयोजकत्वमा समिति नै गठन गरिसक्नुभयो । त्यहाँ भएका मधेस आन्दोलनसँग सम्बन्धित मुद्दालाई कसरी सम्बोधन गर्नुपर्छ, त्यो गर्दिऔं भनेर । यो किन गर्नु भयोभन्दा उहाँले बुझ्नु भयो । यो मधेसको समस्या रहेछ, यसलाई समाधान गर्दियो भने मधेसको मान्छे पनि अगाडि आउँछ । किनभने  देशको विकासमा मधेसको योगदान पनि चाहियो नि । जीडीपी हाम्रो छ, यसमा योगदान मधेसको  पनि त छ । यसलाई एकीकृत गरियो भने त्यो योगदान बढेर जान्छ ।

अहिले त हामी निराशामा छौं, अधिकार नै छैन, अधिकारबाट बञ्चित गरिएको छ । हाम्रो उत्पादकत्व देखि लिएर हाम्रो राष्ट्रिय कुल ग्राहस्थ उत्पादन(जीडीपी) जुन छ, त्यसमा हाम्रो योगदान कम भएको जस्तो देखिन्छ । जसले गर्दा अहिले ११ सय डलर प्रतिव्यक्ति आय छ । हामी कति पछाडि परेका छौं ?  १२ सय ६० पुग्यो भनेदेखि मात्रै हामी विकासिलमा जान्छौं ।  त्यो समय आउँदैछ । अर्को वर्ष त्यो आउँला । अहिले अल्पविकसित देशको सुचीम छौं नि हामी ।  किन नभएको ? यसैकारण नभएको कि राष्ट्रिय एकताका बारेमा कहिले सोचेनौं । ए, पहाडी जात, मधेसी जात, बाहुन जात, क्षेत्री जात यसैमा हामी अल्झिएर, लडेर मर्‍यौं  । जब एक समान हुन्छ, हामी मिलेर अगाडि बढ्छौं, हामी देशलाई अगाडि बढाउँछौं । हाम्रो जीडीपी बढ्छ, हाम्रो स्ट्याण्डर लिविङ बढ्छ । यो देशको उन्नति हुन्छ । अहिले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नारा जुन छ, ‘समृद्ध नेपाल : सुखी नेपाली’को, त्यो भनेको कसरी हुन्छ ? जब कि  ३ करोड जनता एकदम एकीकृत भएर, सबै जना मिलेर सबैको जीडीपीमा योगदान गरेभने  देश अगाडि बढ्छ । समृद्ध नेपाल, सुखी नेपाली हुन्छ ।

प्रचण्ड जे बोल्नु हुन्छ, त्यो गर्नुहुन्न । मधेसका समस्या समाधान गर्छु भनेर धेरै पटक भन्नुभयो तर कुनै कोसिस नै गर्नुभएन । मधेसको मुद्दालाई सल्टाउने काम उहाँले गर्नुभएन । प्रधानमन्त्री केपी ओलीजीको भिन्नता यस अर्थमा छ  कि उहाँले जे भन्नु हुन्छ, त्यो गर्नुहुन्छ ।

प्रधानमन्त्री ओली र प्रचण्डका बीचमा मधेसलाई हेर्ने दृष्टिकोणमा के भिन्नता पाउनुहुन्छ ?

प्रचण्ड जनयुद्ध लडेर आएको मान्छे । उहाँले चाहिँ भारतमा गएर सम्झौता गरेर आएको मान्छे । अनि मधेसको मुद्दालाई सुरुदेखि समस्या समाधान गर्ने गर्ने भन्दै आएको मान्छे । लोकतन्त्र ल्याउने, गणतन्त्र ल्याउनेमा उहाँको भूमिका भयो ।  प्रचण्ड जे बोल्नु हुन्छ, त्यो गर्नुहुन्न । मधेसका समस्या समाधान गर्छु भनेर धेरै पटक भन्नुभयो तर कुनै कोसिस नै गर्नुभएन । मधेसको मुद्दालाई सल्टाउने काम उहाँले गर्नुभएन । प्रधानमन्त्री केपी ओलीजीको भिन्नता यस अर्थमा छ  कि उहाँले जे भन्नु हुन्छ, त्यो गर्नुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीजीको आफ्नो वचनमा पक्का हुनुहुन्छ । जस्तो जुन बेला गाली गर्नुभयो मधेसलाई, त्यसबेला उहाँलाई थाहा थिएन । उहाँलाई समस्याका बारेमा जानकारी थिएन । तर, अहिले सुल्झाउन पर्छ भनेर उहाँले कुरा बुझ्नु भएको छ । ७७ वटा जिल्लाका सिडिओलाई मधेस आन्दोलनका बारेमा उठेका गुनासा र प्रश्नहरुको हल खोज्न भन्नुभएको छ ।  भिन्नता यहीँ हो कि प्रचण्डले कुरा गर्ने काम नगर्ने । आलीजीले कुरा अनुसारको काम गर्ने । प्रचण्ड मात्र हैन समकालिन अरु नेता पनि हेर्नुहोस् न । शेरबहादुर देउवा, माधव नेपाललाई लिउँ न उनीहरुले मधेसको मुद्दा कहिले पनि समाधान गर्नु हुँदैन भनेर भनेका छैनन् । तर, समाधान पनि त गरेका  छैनन् नि । तर, केपी ओलीजीको एउटा चाहिँ स्पष्टता के छ गर्दिन भन्नुभयो, गर्नुभएन, अहिले गर्छु भन्नुभयो काम थालिहाल्नु भयो ।

संसद विघटन देखि अहिलेसम्मको अवस्थालाई हरेरे निकट भविष्यको राजीनतिक परिदृष्य कस्तो देख्नुहुन्छ ?

मेरो ब्रह्मले के भनिराखेको छ भने कि चुनावको कुनै विकल्प नै छैन । चुनाव हुन्छ–हुन्छ । यो संसद विघटन केपी ओली हो । तर, सर्वोच्च अदालतले पुनस्थापना गरेपछि उहाँले त्यति नै दृढताका साथ त्यो निर्णयलाई मान्दिनु भयो । मान्छेले भने गणतन्त्र खत्तम गर्दियो, प्रजातन्त्र खत्तम गर्दियो । तर, कानूनको अक्षरश उहाँले पालना गरिराख्नु भएको छ । प्रतिनिधिसभा विघटनको जुन कारण देखाउनु भएको थियो, त्यो कारण अहिले देखिहाल्यो नि । संसद राम्ररी चल्न सकेको छैन । दुई दिनमा केपी ओलीलाई हटाइदिन्छु भनेर फुर्ती लगाएका थिए । खोई त ? प्रचण्डले अहिलेसम्म सरकारको समर्थन फिर्ता पनि लिएका छैनन् । यसकारण स्पष्ट छ कि प्रधानमन्त्रीको त्यो स्टेप लजिकल थियो । मेरो व्यक्तिगत विचार हो, पार्टीको होइन । मैले के भन्दिन्छु भने, अहिले जुन हिसाबले देश चलिराखेको छ । त्यो हिसाबले केही हुनेवाला छैन । प्रचण्डले चार जनालाई सांसद पदबाट हटाइदिनु भयो । एमालेमा पनि दुईधार परिसक्यो । यो सबै हेर्दा हचपचको स्थिति भइसक्यो । यसकारणले मेरो विचारमा अब एउटा विकल्प छ, प्रतिनिधि सभाको नयाँ निर्वाचनबाट नयाँ जनादेश लिएर देश अगाडि बढोस् । जुन संवैधानिक प्रावधान छ धारा ७६ को उपधारा १ कोे प्रधानमन्त्री हुनुहुन्थ्यो, तर अहिले धारा ७६ को उपधारा २ अनुसारको प्रधानमन्त्रीमा परिणत हुनुभयो । प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिंदा बित्तिकै धारा ७६ को उपधारा ३ मा परिणत हुन्छ । त्यसपछि अल्पमतको सरकार हुन्छ । त्यसपछि राष्ट्रपतिले जुन ठूलो पार्टी छ, त्यसलाई प्रधानमन्त्री  बनाउने बाटो हुन्छ । फेरि विश्वासको मत पाउनु पर्छ । त्यसो हुन नसकेपछि प्रधानमन्त्रीजीले फेरि संसद विघटन गर्नुहुन्छ । त्यसपछि कसैले पनि अदालतमा रिट हाल्न पाउँदैन् । किनभने यो कानून र संविधानअनुसार विघटन भएको हुन्छ । मेरो व्यक्तिगत विचारमा यो समस्या समाधान हुनेवाला छैन अब । प्रधानमन्त्रीज्यूले कानूनअनुसार संविधान विघटन गर्नुहुन्छ । त्यसपछि निर्वाचन हुन्छ । त्यसपछि जे जनादेश आउँछ, त्यसअनुसार मुलुक अगाडि बढ्छ ।

नेकपा रहेको अवस्थामा पनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीका अधिकांश कुरामा विमति राख्ने विरोध गर्ने मात्र गरिरहनुभयो । नेकपा भन्दा बाहिर बसेर तपाईंले यो अन्तरद्वन्द्वलाई कसरी हेर्नुभएको थियो ?

माधव नेपाल र प्रचण्डले केपी ओलीलाई व्यक्तिगत कारणले हटाउन खोज्नु भएको होला जस्तो मलाई लाग्छ । राजनीति व्यक्तिचाहिँ व्यक्तिगत स्वार्थले मान्छे निर्देशित हुन्छ । हाम्रो राजनीति बहुतै फोहोर भइसकेको छ । जसको पहिलो चप्पल लगाउने हैसियत थिएन, उ अहिले २/४ करोडको गाडी चडिराखेको छ । उसका १०/१२ वटा विभिन्न ठाउँमा घरहरु बनिसके । नेताहरु धनी बनिसकेको स्थिति छ । नातावाद र परिवारवाद हावी भएको छ । म उदाहरण भन्छु, प्रचण्डको परिवारका १०/१२ जना ठूल्ठूलो पदमा छन् । माधव नेपालजीको त्यस्तै छ । अस्ट्रेलियाको राजदूत हुनुभयो महेश दाहालजी उहाँ प्रचण्डजीको भाइ ।

माधव नेपाल र प्रचण्डले सधैँ प्रधानमन्त्रीसँग भागबण्डाको राजनीति गरे ।  अब उनीहरुको भएन भने विरोध गरिराखेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भन्नुभएको छ, मेरो सबै सम्पति राष्ट्रियकरण गर्छु भनेर । सबै राष्ट्रको सम्पत्ति हुन्छ । यसको मतलब सिधा देखिन्छ कि उहाँमा कुनै लोभलालच छैन नि । आजसम्म यस्तो कुनै नेताले गरेको छ ? कोही नेताले गरेको छ ? भनोस् न मेरो सम्पति राष्ट्रको सम्पति होस् भनेर । आफ्नो परिवारको मान्छेलाई कुनै पदमा नराखोस्, अनि पो हुन्छ नेता । भारतमा महात्मा गान्धीले सबै चिज गर्नुभयो तर अन्तिममा उहाँलाई राष्ट्रपति बनाउँछौं भन्दा उहाँले म बन्दिनँ भन्नुभयो । नेता भनेको त्यो हुन्छ । हाम्रो देशमा आजसम्म यस्तो कुनै नेताले गर्न सकेको छैन । केपी ओलीजीले मृत्युपछि मेरो सम्पति सबै राष्ट्रलाई दान दिन्छु भनेर । माथिको नेता यस्तै दुईचार जना भए त देश सुध्रिहाल्छ नि । हाम्रो जीडीपीमा वृद्धि हुन्छ, देश अगाडि कुदिहाल्छ । यसमा पनि फरक छ । केपी शर्मा ओलीभन्दा यिनीहरु बढी पढेलेखेका मान्छे होलान् । उहाँले पढ्न पाउनु भएन तर राजनीतिमा उहाँको सबैको भन्दा बढी अनुभव छ । उहाँमा बौद्धिकता छ । औपचारिक पढाइमा उनीहरु धेरै अगाडि छन् तर व्यवहारिक रुपमा केपी शर्मा ओली धेरै अगाडि देखिनुभएको छ । उहाँको योगदान धेरै देखिएको छ । उनीहरु(माधव–प्रचण्ड)ले पनि गर्न सक्नु पर्दथ्यो कि उनीहरुको सम्पति राष्ट्रका नाममा होस् भनेर । उनीहरुले आफ्ना नाताको व्यक्तिलाई कुनै पदमा नियुक्त नदिन सक्नु पर्‍यो । तर त्यो काम हाम्रो केपी शर्मा ओलीजीले गर्नुभएको छ ।

२०४२ सालमा सद्भावना परिषद् गठन भएर पछि नेपाल सद्भावना पार्टी भएको हो  । त्यसपछि मधेसको मुद्दाहरु विस्तारै विस्तारै बाहिर आउन थालेका हुन् ।  मधेसका मुद्दालाई उठाउनु पर्छ भनेर त्यस बेलादेखि नै हामीले भन्दै आएका हौं ।

एमाले र जसपाबीच सरकारमा सहकार्य हुँदै आगामी संसदीय निर्वाचनमा पनि गठबन्धन हुन्छ भन्ने अड्कलबाजीहरु छन् नि ?

हामीलाई के लागेको छ भने हाम्रो लाइफ लाइन भनेको हाम्रो मुद्दा हो । हाम्रो जिन्दगी हो । हाम्रो मुद्दा सम्बोधन भएन भने ! हाम्रो जिन्दगी नै हो मुद्दा । यो लाइफ लाइन हो । यदि अहिलेको हाम्रो प्रधानमन्त्रीले केपी शर्मा ओलीज्यूले हाम्रो यो मुद्दा सम्बोधन गरिदिनु भयो भने हामी सँगसँगै नजाने त कुरै हुँदैन नि । जस्तो केही उदाहरण भनौँ म, मलाई अहिले भोक लागेको छ तर मसँग पैसा छैन । कसैले पैसा दियो भने म गएर खाना खान्छु । मेरो समस्या समाधान भयो । हो, यहिँ हो मधेसीको समस्या वा मधेसको मुद्दा । यो समस्या समाधान भइसकेपछि हामी अन्त कहाँ जाने ?  हाम्रो पार्टी जान्छ कहाँ ? जसले हामीलाई सहयोग गर्छ, त्यसलाई हामीले पनि सहयोग गर्छौं । कुरा तपाईंले बुझीहाल्नुभयो । हाम्रो मुद्दा जसले सम्बोधन गर्छ, त्यसैसँग नजाने त कुरै छैन । हाम्रो अध्यक्ष महन्थ ठाकुरजीले भन्नुभएको छ, हाम्रो मुद्दा प्रक्रियामा गइसक्यो । प्रधानमन्त्रीले हाम्रा जुन मुद्दा छन्, त्यसलाई समाधान गर्नका लागि प्रक्रिया त सुरु गरिसक्नुभयो । त्यसकारण मधेसका मुद्दा जसले समाधान गर्छ, हामी उसैसँग सहकार्य गर्छौं  । जुन रफ्तारमा अहिले प्रधानमन्त्रीजीले हाम्रो समस्या समाधान गर्न जुन अग्रसरता लिनुभएको छ, हामीलाई विश्वास छ कि यो चाडै समाधान हुन्छ ।

तपाईंहरुले भन्ने गरेका मधेसीका मुख्य समस्या के हुन् त ?

विभिन्न कालखण्डमा भएका आन्दोलनमा १२ सय भन्दा बढी मधेसी जनतालाई मुद्दा लगाइएको छ । त्यो १२ सयमा तीन प्रकारका मुद्दा छन् । कुनैै जिल्ला अदालतले मुद्दा फैसला नै गरेको छ । कुनै जिल्ला प्रशासन कार्यालयमा तारिक धाइरहेका छन् । कोहीचाहिँ मुद्दा लागेको छ, उनीहरु भारतमा गुजारा गरिराखेका छन् । उनीहरुलाई पक्राउको डर छ । फैसला भएको मुद्दालाई कसरी सल्टाउने, अहिले चलिराखेको मुद्दालाई कसरी सल्टाउने ? रेशम चौधरीको छ । यस्ता प्रकृतिका मुद्दाहरु छ, यो सबैलाई कसरी प्याकेजमा समाधान गर्ने ? यसमा समय पनि लाग्न सक्छ । सरकारका निकायहरु छन्, तिनीहरुले कति छिटो सक्छन्, त्यति छिटै समस्या समाधान हुन्छन् । त्यसमा निर्भर पर्छ ।

हाम्रो लाइफ लाइन भनेको हाम्रो मुद्दा हो । हाम्रो जिन्दगी हो । यो लाइफ लाइन हो । यदि प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले हाम्रो यो मुद्दा सम्बोधन गरिदिनु भयो भने हामी सँगसँगै नजाने त कुरै हुँदैन नि ।

जसपा मुद्दा समाधानको प्रक्रियामा हुँदै सरकारमा वा समाधान भएपछि…

पटक–पटक मधेसी दलहरु सरकारमा गएका छन् । सरकारसँग पटक–पटक सम्झौता गरेको छ । २२ बुँदे, ४ बुँदे, ८ बुँदे, ११ बुँदे लगायत यी विभिन्न सम्झौता सरकारसँग भएका छन् । विगतका प्रधानमन्त्रीले हस्ताक्षर गरेका सम्झौता छन् । यो सबै सम्झौता भएर पनि कार्यान्वयन एउटा पनि भएका छैनन् । अहिले हाम्रो जुन कुरा छ उधारो र नगदको  । अब अहिले हामी जति पनि सम्झौता गर्‍यौं । र, पटक पटक त्यही सरकारको पालामा हामी सरकारमा पनि गएका छौं । तर केही पनि भएन । त्यो सबै उधारो सम्झौता भयो । अब उधारोवाला काम नगर्ने, अब एकैपटक नगदवाला काम गर्ने । अब कार्यान्वयन हुन पर्‍यो । अहिलेको प्रधानमन्त्रीसँग त हामी साथमा छँदैछौं नि । हामी समर्थन त गरिराखेका छौं । हामी उहाँलाई समर्थन गरिसकेका छौं, बाहिरबाट पनि समर्थन गरिराखेका छौं । मुख्य कुरा हो कि हाम्रो समस्या समाधान हुन सकोस् । अब यो समस्या समाधान भएपछि हाम्रो एकैलाइन हुन्छ । सँगसँगै हिँड्ने हाम्रो वातावरण तयार हुन्छ । जबसम्म यो हाम्रो समस्या समाधान हुँदैन, तबसम्म हामी सरकारमा जाँदैनौं ।

वर्तमान सरकारलाई समर्थन गर्ने कुरामा उपेन्द्र यादवहरुको धारणा के हुन्छ ?

उपेन्द्र यादव पनि दुई नम्बर प्रदेशबाट निर्वाचित भएर आउनु भएको हो । उहाँ सरकारमा सहभागी हुनुभयो नि । उहाँले पनि दुई बुँदे सम्झौता गरेर जानुभएको हो । तर, भएन । उहाँले कि त कन्भिन्स गर्न सक्नु भएन ओलीजीलाई । सरकार प्रमुख केपी शर्मा ओलीजीलाई यो हो नि वास्तविक समस्या भनेर राख्न सक्न पर्‍यो नि । उपेन्द्र यादव उपप्रधानमन्त्री भएर जानु भयो तर उहाँले भन्न सक्नु भएन कि प्रधानमन्त्रीलाई । दुई वर्षसम्म बस्नु भयो, त्यसपछि निस्किनु भयो सरकारबाट । मैले दुई बुँदे सम्झौता गरेर सरकारमा गएँ तर त्यो समाधान भएन भनेर उहाँमा तितोपन आएको छ । त्यसकारण उहाँ अलिक बिच्किनु भएको छ । आखिर मधेसको मुद्दा सम्बोधन होस् भनेर उपेन्द्रजीले पनि  पनि चाहनु भएको छ नि  । मधेसको मुद्दा समाधान भयो भने उहाँ पनि बाहिर जानु हुन्न नि । हामी सँगसँगै छौं । उपेन्द्र यादवजी दुई वर्षसम्म सरकारमा बस्नु भयो तर त्यो दुई बुँदे सम्झौता कार्यान्वयन भएन भनेर उहाँ बाहिर आउनु भयो । त्यसले गर्दा उहाँमा नैराश्यता छ । तर, उहाँले पनि वास्तवमा त्यहीँ चाहनु हुन्छ कि मधेसको मुद्दा सम्बोधन होस् । समस्या समाधान हुन्छ भने उहाँ पनि हामी सँगसँगै हुनुहुन्छ । हाम्रो जति मुद्दा छ, त्यो हाम्रो मुद्दा हल होस् ।