अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेव यादव

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेव यादव


काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता महादेव यादवलाई नियुक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले यादवलाई केन्द्रीय निर्वाचन समिति संयोजकमा नियुक्त गर्ने निर्णय गरेको नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

यादव १४ औँ महाधिवेशनको निर्वाचन समिति संयोजक बन्नुभएको हो ।

यसअघि संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिनुभएपछि सो पद खाली थियो । अधिकारीले गत चैत २१ गते राजीनामा दिनुभएको थियो ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको खाँडले बताउनुभयो ।

कांग्रेस पदाधिकारी बैठक वैशाख १२ गते पनि बस्ने उहाँले जानकारी दिनुभयो ।