अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साइप्रसमा फेरि लकडाउन घोषणा गरिने

साइप्रसमा फेरि लकडाउन घोषणा गरिने


निकोसिया- कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागू हुने भएको छ । सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिखदेखि लागू हुने पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारी फेरि तीव्र रूपमा फैलिएर धेरै मानिस सङ्क्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनु परेको उनीहरको भनाई छ ।

खाद्य तथा पेय पदार्थ बिक्री वितरण गर्ने पसललगायत सबै व्यावसायिक स्थल तथा कार्यालयहरु बन्द गरिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यसैगरी, होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, व्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । स्थानीय समयानुसार राती ९ बजेदेखि विहान ५ बजेसम्म कफ्र्यु समेत लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् । लकडाउनको बेलामा थियटर र चलचित्र घरहरूसमेत बन्द गरिने भएको छ ।

भिडभाड गर्न तथा भेला हुन प्रतिवन्ध लगाउन थालिएको छ भने कतै हिँड्नु पर्नेमा अत्यावश्यक परेकाहरूलाई मात्रै अनुमति दिइने भएको छ ।

कामदारहरूलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।