अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोभिड-१९ बाट प्रभावित भारतलाई अमेरिकासहित विभिन्न देशको सहयोग

कोभिड-१९ बाट प्रभावित भारतलाई अमेरिकासहित विभिन्न देशको सहयोग


नयाँदिल्ली- दोस्रो वेभका रूपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्‍यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ,’ उहाँले भन्नुभएको छ ।

यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताएको छ ।

बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन् ।

भारतको राजधानी नयाँ दिल्लीका अस्पतालहरू बिरामीले भरिएका छन् । यहाँ आएका विरामीलाई अस्पतालले फर्काउँदैछन् । त्यस्तै, पछिल्लो समयमा त्यहाँ लकडाउन पनि लम्ब्याइएको छ ।

भारत सरकारले अक्सिजनको उत्पादनमा बढाउने योजना थालेको छ । भारतले देशभरमा ५ सय वटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ ।