अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तानको पञ्जाबमा भ्यान दुर्घटना, ११ जनाको मृत्यु

पाकिस्तानको पञ्जाबमा भ्यान दुर्घटना, ११ जनाको मृत्यु


इस्लामाबाद- पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भउको छ ।

देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएको हो अधिकारीहरूले बताएका छन् । मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन् ।

घटना भएलगत्तै प्रहरीले उक्त स्थानमा पुगेर नहरमा डुबेका व्यक्तिहरुलाई बाहिर निकालेको थियो । प्रहरीका अनुसार एउटा परिवारका सदस्यहरू पञ्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर आफ्नो गाउँ खानखा डोगरान फर्किदै थिए ।

प्रत्यक्षदर्शीहरूले नहरको बाटोमा तीव्र गतिमा भ्यान दौडिएको र अनियन्त्रित भएर नहरमा खसेको बताएका छन् । पाकिस्तानमा सडकको अवस्था कमजोर रहेका कारण वर्षैपिच्छे धेरै सडक दुर्घटना हुने गरेका छन् ।