अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साइबर सेनाले अब फायर खोल्छ : पौडेल

साइबर सेनाले अब फायर खोल्छ : पौडेल


युवा संघ नेपालमा आवद्ध भएको एक दशकमा नै यस संगठनको केन्द्रीय अध्यक्ष बन्न सफल युवा हुनुहुन्छ किरण पौडेल । संगठनमा खेलकुद विभागको सदस्य हुँदै केन्द्रीय सदस्य, सचिव, महासचिव, बरिष्ठ उपाधक्ष्य हुँदै तीन दिन अघि उहाँ युवा संघ नेपालको अध्यक्ष चयन हुनुभएको छ । सूचना प्रविधिको क्षेत्रमा खास दख्खल राख्ने, मिलनसार र नम्र स्वाभावका पौडेलले राजनीतिको प्रतिकूल अवस्थामा नेतृत्वको जिम्मेवारी आइलागेको छ । एकातिर एमाले भित्र विभाजनका रेखा कोरिदै गरेको, अर्कोतर्फ विपक्षीहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध एकताबद्ध भएको र देश निर्वाचनतर्फ गएको अवस्थामा युवा संघको भूमिकाचाहिँ झनै बढेको छ । यस्तो अवस्थामा युवा संघको नेतृत्वले कसरी काम गर्छ त ? प्रतिकूलतासँग जुध्न संघका योजनाहरु के छन् त ? नवनिर्वाचित अध्यक्ष पौडेलसँग नेपाली बहस डट कमका लागि चेतन अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:

…..

विषम परिस्थितिमा तपाईं युवासंघको अध्यक्ष हुनुभएको छ । युवा संघ नेकपा एमालेको ‘ब्याक बोन अर्गनाइजेशन’ हो । यूवा संघलाई अब तपाईंले कसरी अगाडि बढाउनु हुन्छ ?
युवा संघ हाम्रो पार्टी नेकपा एमालेको महत्वपूर्ण जनसंगठनको रुपमा स्थापित छ । नेपाली युवा आन्दोलनको एउटा नेतृत्वदायी संगठको रुपमा स्थापित भएको छ । यतिबेला हाम्रा नियमित मुद्दाहरु, युवा सरोकारका विषयहरु त छँदैछन् । हामीले तीन दशक अगाडि देखि युवाका हक अधिकार स्थापना गर्ने सन्दर्भमा हामीले जे जति माग र मुद्दाहरुको उठान गर्ने गरेका थियौं, ती माग र मुद्दाहरुको राज्यबाट पनि सम्बोधन हुने दिशामा गएको छ । यसमा अझ बढी सशक्त ढंगले यसपालीको बजेटमा युवाहरुका मुद्दा समेटिएका छन् । यसलाई हामीले खुला हृदयले स्वागत गर्छौं र सम्पूर्ण नेपाली युवाहरुको तर्फबाट हामी सरकारलाई धन्यवाद पनि भन्न चाहन्छौं ।

बजेटमा युवाहरुका लागि सरकारले के के राहात ल्यायो त ?
सरकारले युवाहरुका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण लगायतका काम समावेश गरेको छ । वैकल्पिक शिक्षाका लागि १२ कक्षासम्मका विधार्थीका निम्ति बिना धितो ल्यापटप खरीद गर्ने व्यवस्था गरेको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर युवाहरुलाई सहुलियत ऋण दिने व्यवस्था गरेको छ । हामीले विगत तीन दशकदेखि समग्र युवाहरुको विकासका निम्ति आवाज उठाएका थियौं, त्यसको अहिले सम्बोधन भएको छ । त्यसका लागि युवाहरुको तर्फबाट सरकारलाई धन्यवाद पनि व्यक्त गर्‍यौं । अझ पनि धेरै मुद्दाहरु छन्, त्यसलाई अझै प्रभावकारी ढंगले आमयुवाले महसुस गर्नेगरी एउटा प्रणाली पनि विकास गर्न आवश्यक छ । राज्यले हाम्रो मागको सुनवाई गरोस्, हरेक युवालाई उत्पादनमा जोड्नका लागि, स्वरोजगारमा जोड्नका निम्ति प्रमुख समस्याको रुपमा लगानी व्यवस्थापनको पाटो रहिआएको थियो । त्यो लगानी व्यवस्थापनको सम्बोधन गर्नका लागि राज्यले हाम्रो माग र मुद्दाका आधारमा युवा स्वरोजगार कोेषलाई अगाडि बढायो । धेरैे युवा लक्षित काम अगाडि बढायो । अरवौं रकम पनि छुट्यायो । तर, वितरणमा पारदर्शिता हुनुपर्ने, प्रभावकारी कार्यन्वयन हुनुपर्ने, वित्तीय संस्थाहरुले प्रक्रिया सहज रुपमा उपलब्ध गराइदिनु पर्ने र सरकारको निर्देशनलाई सहज रुपमा कार्यान्वयनमा लैजानु पर्ने, बीचका कार्यसञ्चालनमा चाहिँ जटिलता, अपारदर्शिता, झन्झटिलो प्रक्रिया हामीले महसुस गरिराखेका छौं । त्यसकारण सयौं नेपाली युवा त्यस्ता खालका संस्थाबाट भइरहेका ढिलासुस्तीले गर्दा निराश छन् । हामी सबै युवाहरुको भावनाको कदर गर्दै हामीले प्रभावकारी रुपमा दवाब सिर्जना गर्नेछौं । जति सरकारले छुट्याएको युवा लक्षित बजेट र कार्यक्रम छन्, त्यसको पारदर्शी वितरणका लागि हामी सबैलाई त्यसअनुसार परिचालन गर्नेछौं । शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयलाई युवाहरुको मौलिक अधिकारको रुपमा स्थापित गर्ने संवैधानिक हक हामीले स्थापित गरिसक्यौं । अब हरेक युवाहरुलाई कुनै न कुनै सीपमा जोड्नु पर्छ भनेर हामीले हामीले माग उठाइरहेका छौं । युवाहरुलाई प्रविधिमैत्री शिक्षामा जोड्नु पर्छ भनेर माग उठाइरहेका छौं । हाम्रो देशमा बालबालिकामा मात्र केन्द्रित रहेको पौष्टिक सन्तुलनको आहारसँगै हाम्रा युवाहरुले पनि सन्तुलित आहारको सेवन गर्नुपर्छ । हाम्रो युवाहरुको शरीरमा जुन प्रकारको चमक देखिनु पर्ने हो, त्यो देखिराखेको छैन । प्रधानमन्त्रीज्यूले बारम्वार आग्रह गर्नुभएको छ निर्यातलाई बढाउनु पर्छ, स्वास्थ्य फलफूल उत्पादन गरेर खुवाउनु पर्छ, माछा मासु, फलफुल युवाहरुले उत्पादन गर्नुपर्छ र सन्तुलित भोजन गर्नुपर्छ भनेर प्रधानमन्त्रीज्यूले गम्भीरताका साथ आग्रह गर्नुभएको छ । यो कुरालाई साकार पार्नका निम्ति युवाहरुलाई यसमा संलग्न गर्दै लानुपर्छ । युवाहरुको शारिरीक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ भन्ने कुरा हामीले उठाएका थियौं । सरकारले अहिले ती विषयलाई पनि सम्बोधन गरेको छ । पछिल्लो समयमा मानसिक समस्याका कारण युवाले आत्महत्या गरेको सुनिन्छ । त्यसको प्रमुख कारण भनेको समयमा उपचार नपाउने बिरामीले आत्महत्याको तहसम्म जान्छ । उपचारका निम्ति एक ठाउँमा मात्रै मानसिक अस्पताल थियो, अन्य ठाउँमा सहज पहुँच थिएन । हामीले सरकारलाई त्यसम्बन्धमा ध्यानाकर्षण गरायौं । सरकारले ल्याएको बजेटमा एकसयको क्षमता भएको अस्पतालमा मानसिक स्वास्थ्य उपचारको प्रबन्ध गर्ने भन्ने जुन आयो, यो चाहिँ युवाको मात्र नभएर समग्र जनताका निम्ति अत्यन्त महत्वपूर्ण कार्यक्रम सरकारले ल्याएको छ । युवाहरुका हरेक मुद्दामा हामी केन्द्रित भएर लागेका छौं ।

हामीले तीन दशक अगाडि देखि युवाका हक अधिकार स्थापना गर्ने सन्दर्भमा हामीले जे जति माग र मुद्दाहरुको उठान गर्ने गरेका थियौं, ती माग र मुद्दाहरुको राज्यबाट पनि सम्बोधन हुने दिशामा गएको छ ।

तपाईंहरु राजनीतिमा मात्र केन्द्रित हुनुभएको छ कि अहिलेको महामारी नियन्त्रणमा पनि ?
सर्वप्रथम त हामी विश्वव्यापीरुपमा देखिएको कोभिड–१९ को संकटलाई रोकथाम र नियन्त्रण गर्नका लागि प्रभावकारी कार्ययोजना बनाएर अगाडि बढ्दैछौं । त्यसमा हामीले जनचेतना, सरकारले तोकेका मापदण्डलाई पलना गर्ने/गराउने कार्य गरेका छौं । दोस्रो चरणमा हामी राहत, उद्दारलाई पनि प्राथमिकतामा दियौं । अब खोप लगाउने चरणमा हामी पुगेका छौं । अब सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने अभियान सरकारले अगाडि बढाउँदैछ । खोप लगाउनबाट कोही पनि वञ्चित नहोस् भन्नका लागि हामीले ‘भोलिन्टियर फर भ्याक्सिन’ भन्ने नारा लिएर स्वयमंसेवक अभियान चलाएका छौं । अशक्त, अपाङ्ग, बुढाबुढीलाई खोप केन्द्रसम्म ल्याउने व्यवस्था गर्न हामीले त्यो स्वयमंसेवक टोलटोलमा परिचालन गरेका छौं । अहिले सरकारले प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेको छ । निर्वाचनमा जनतालाई उत्साहजनक सहभागी गराउनका निम्ति, शान्तिपूर्ण, स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउनका निम्ति हामी देशभर खट्ने छौं ।

अहिले नेकपा एमालेको संस्थापन पक्षलाई विपक्षीबाट, आफ्नै पार्टीभित्रबाट चौतर्फी घेराबन्दी र आक्रमण भएको देखिन्छ । यसलाई रोक्न युवासंघ नेपालको भूमिका कस्तो हुन्छ ?
त्यसले अस्थिरताका वाहक जसले देशमा स्थिरता र शान्ति चाहँदैनन् त्यो पंक्ति जुन छ साम्राज्यवादी र पुँजीवादी शक्ति जुन छन्, जो कम्युनिष्टको स्थापनादेखि हालसम्म पनि कम्युनिष्टका विरुद्ध थिए । त्यसको लगभग अन्त्य भएको छ र अझै पनि केही तत्वहरु सलबलाएको देखिन्छ । त्यस्ता केही तत्वहरु छन्, जसले ठूला सञ्चार माध्यमलाई प्रयोग गरेर भ्रमको खेती गरिरहेका छन् । कहिले कथित अभियन्ताका नाममा पनि ती प्रकट भए, कहिले स्तम्भकार र लेखकका रुपमा प्रकट भए । जनविरोधी अभिव्यक्ति निरन्तर आइरहे र जनमानसमा भ्रमपूर्ण समाचार दिएर जनतालाई भड्काउने, जनताको मनोविचारलाई उत्तेजित पार्ने प्रवृति र विभिन्न उद्देश्यका गोटीहरु विभिन्न अधिकारका नाममा भइरहेका छन् । राजनीतिक प्रतिशोध, राजनीतिक पूर्वाग्रहका आधारमा स्वच्छ राजनीतिलाई धमिल्याउन खोज्ने, अनेक तत्वहरु मिलेर तल्लो तहबाट कुप्रचार गरिरहेका छन् । त्यस्ता अनेक प्रकारका कुप्रचारलाई रोक्नका लागि हामीले प्रतिरोेध गर्नुपर्छ । अब हुने निर्वाचनले मात्रै देशमा स्थायित्व र स्थायी कायम गर्न सक्छ, हामीले चाहेका समृद्धिका सपनाहरु अगाडि बढ्दै थिए । हाम्रो पार्टीको तीन वर्षको सरकारले गरेका उपलब्धिको महशुस हामीले पाइसकेका छौं । राष्ट्रियताको रक्षा र सम्वर्द्धन गर्नका निम्ति र देशलाई एउटा समुन्नत बाटोमा अगाडि बढाउन फेरि पनि ताजा जनादेशका लागि निर्वाचनमा केपी शर्मा ओलीलाई जिताउन र पुनः पाँच वर्ष सरकार सञ्चालन गर्नका लागि सम्पूर्ण नेपाली जनतालाई आह्वान र आग्रह गर्ने काम गर्न लागिरहेका छौं ।

अब सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने अभियान सरकारले अगाडि बढाउँदैछ । खोप लगाउनबाट कोही पनि वञ्चित नहोस् भन्नका लागि हामीले ‘भोलिन्टियर फर भ्याक्सिन’ भन्ने नारा लिएर स्वयमंसेवक अभियान चलाएका छौं ।

पार्टीका विभिन्न भातृसस्थाहरुमा विभाजनको रेखा कोरिएको छ, यसले तलैसम्म असर गरेको देखिन्छ । युवा संघको स्थिती कस्तो छ ?
पछिल्लो समयमा सबै राजनीतिक शक्तिहरु प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध खनिएर लागेका छन् । चाणक्य नीतिमा उल्लेख छ, ‘जब सबै विपक्षी तिम्रो सरकारको विरुद्धमा लागेका छन् भने तिमीले के बुझ्नु पर्छ भने शासन सत्ता राम्ररी सञ्चालन भइराखेको छ ।’ अहिले पनि देशमा त्यहीँ भइराखेको छ । देशलाई तीव्र विकासकोे गति दिने काम प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भइराखेको छ । तीन दशक अगाडि चीनमा कम्युनिष्ट सत्तामा आयो । त्यसपछि चीनमा आर्थिक र पूर्वाधार विकासले फड्को मारेको हामीले समाचार सुन्न पाउन्थ्यौं । अहिले नेपालको विकासक्रम ठिक त्यहीं ढंगबाट अगाडि बढिरहेको छ । विश्वभरी नेपाल अहिले तीव्रतर विकासको गतिमा अगाडि बढेको छ भन्ने सन्देश गइराखेको छ । त्यसले नेपाली आम युवाहरुमा ऊर्जा प्रवाह गरेको छ । पहिले राजनीतिका बारेमा वितृष्णा जागेका युवाहरु राजनीतिका बारेमा केही बोल्नुस् भन्दा युवाहरुले आइ हेट पोलिटिक्स भन्थे । तर, अहिले आइ लभ यू केपी ओली भन्न थालेका छन् । त्यो ढंगले बढिरहेको सन्दर्भमा अहिले युवा संघ भनेको त केपी शर्मा ओलीको स्प्रिटमा काम गर्न सक्ने सामर्थ्य छ ।

पार्टी विभाजनको रेखा कोरिरहंदा युवा संघमा त्यसको असर के कस्तो भनेर सोधेको !
हाम्रो संगठनमा पहिल्यै देखि केही मानिस विवादित र विभाजित मानसिकताबाट परिचालित थिए । त्यस्ता व्यक्तिहरु आफैँ रेलको लिकबाट छुटेका छन् । उनीहरुका लागि हामी बीचमा रेल रोक्दैनौं । हाम्रो रेल अगाडि पुगिसेको छ । यदी बाटोमा कुनै जक्सनमा उनीहरु हात उठाएर बसिरहेको भेटिएमा ससम्मान रेल चढाएर सँगै यात्रा गराउदछौं । मैले जोड्न खोजेको के हो भने देशभरिका कार्यकर्ताको ठुलो पंक्तिको समर्थन चाहिँ कमरेड केपी शर्मा ओलीको पक्षमा आएको छ । त्यसले गर्दा केही डेट एक्स्पाएर भएका नेताहरु जीवनभर राजनीति उच्च तहमा बसेर सेवा सुविधा भोग गरिसकेका नेताहरु कुण्ठित मानसिकता भोगिसकेका व्यक्तिहरुले पुनः दोहोर्‍याएर उनीहरुका इच्छा आकांक्षा पूरा भएन भनेर नेपालको विकास र सरकारलाई बन्दक बनाउन खोजेका छन् । त्यो नियत भएका केही दुईचार जना मान्छे गएर केपी ओलीको पक्षमा रहेका लाखौँ युवाहरुमा केही पनि फरक पर्ने छैन । त्यसले गर्दा कतिपय ठाउँमा कतिपय नेताहरुले विभिन्न ठाउँमा विभिन्न किसिमको चासो व्यक्त गर्दछन् । माधव नेपाल नहुँदा झलनाथ खनाल नहुँदा हामीले भोलि निर्वाचनमा जाँदा हामीले सम्मानजनक मत मत प्रात गर्दछौँ त भन्ने खालको चासोहरु व्यक्त गर्दछन् । म स्पष्ट पार्न चाहन्छु र आत्मविश्वास प्रकट गर्न चाहान्छु आम युवाहरुको तर्फबाट आम जनताहरु भोलि हाम्रो जनताको म्यानडेट हुने वाला जुन पंक्ति छ । लाखौँ युवाहरुको जुन पंक्ति छ ती युवाहरुले न झलनाथ खनालबाट प्रभावित हुनेवाला छन् न माधव नेपाल न प्रचण्डबाट प्रभावित हुनेवाला नै छन् । ती युवाहरुको साथ केपी कमरेडलाई हुनेछ । जहाँसम्म केपी कमरेडको प्रभाव पुग्न नसकेको ,उहाँले गरेका कामको फेहरिस्त थाहा नपाएका युवाहरु छन् । ती युवाहरुको पंक्तिमा चाहिँ सरकारले प्राप्त गरेका उपलब्धिहरु लिएर हामी जान्छौँ । त्यो लाखौँ युवाहरुको समर्थन चाहिँ हामीले ल्याउनेछौँ । अध्यक्ष कमरेडले आगामी निर्वाचनमा एमालेले ५० लाख मत प्राप्त गर्ने लक्ष्य लिनुभएको छ । यसमा कम्तीमा पनि १० लाख म त चाहिँ युवाहरुको मत समावेश गर्ने गराउने गरी हामी हाम्रो संगठन परिचालित हुन्छ । यस बीचमा हामी प्रचारप्रसार व्यापक गर्छौं । लाखौँ युवाहरु जहाँ राजनीतिले छुन सकेको छैन । त्यहाँ फरक खालको स्कूलिङ, फरक खालको सोच लिएर सबै युवाहरुको माझमा हामी पुग्नेछौँ । सरकारको सकारत्मक गतिविधिहरु बुझ्ने गरी लिएर जानेछौँ हाम्रो मिसन अब यसमा केन्द्रित हुनेछ ।

अध्यक्ष कमरेडले आगामी निर्वाचनमा एमालेले ५० लाख मत प्राप्त गर्ने लक्ष्य लिनुभएको छ । यसमा कम्तीमा पनि १० लाख म त चाहिँ युवाहरुको मत समावेश गर्ने गराउने गरी हामी हाम्रो संगठन परिचालित हुन्छ ।

युवासंघले कुनै बेला यूथ फोर्स खडा गर्‍यो । त्यतिबेला वाईसीएलको आतंकचाहिँ ज्यादै थियो । त्यो आतंकलाई रोक्न फोर्सले धेरै काम गर्‍यो भनिन्छ । अहिले तपाईंहरुले केही समय अगाडि साइबर सेना भन्ने नयाँ संरचना खडा गर्नुभएको छ । साइवर सेनाको कामचाँही के हो ?
साइबर सेना भन्ने वित्तिकै हामी के सम्झिनुपर्छ भने यो साइबरसँग सम्बिन्धत विषय हो । यो सेना कुनै गोली गठ्ठा हात हतियार बोकेको अथवा कमब्याट ड्रेस, युनिफम बुटसँग जोडिने बिषय होइन । साइबार सिद्धान्तसँग सम्बन्धि रहने साइबर शिक्षासँग सक्रिय रहने एउटा सचेत समुदायहरुलाई हामीले साइबर सेनाको नाम दिएका हौँ । त्यो सचेत समूह चाहिँ देशको निम्ति चिन्तित छ । जो देशको निम्ति चिन्तित छ त्यो केपी शर्मा ओलीप्रति प्रतिबद्ध छ । अहिलेको परिस्थितिमा ती सबै युवाहरुलाई साइबर सेनामा संगठित गर्दैछौं । विशेष गरी हिजो कुनै एउटा बेला थियो जहाँ देशलाई कब्जा गर्नुपर्यो भने गोली गठ्ठा हातहतियार प्रयोग गरिन्थ्यो । अहिलेको जमानामा प्रविधिको प्रयोग गरेर , सञ्चारको प्रयोग गरेर कबज गरिन्छ । अब गोली गठ्ठा पनि चाहिँदैन आफ्नै ठाउँमा बसेर मिसाइल प्रयोग गरेरै त्यो ठाउँलाई ध्वस्त बनाउन सक्ने एउटा प्रविधि विकास भयो । अहिले हाम्रो देशको सन्दर्भमा के भइरहेको छ भने सामान्तवाद र पूजीवाँदका मिसनहरु गोली गठ्ठा लिएर मिसाइल लिएर हिँड्दैनन् उनीहरु अहिले सूचना प्रविधिको माध्यमबाट विभिन्न देशका कम्युनिष्ट राज्यहरुमा,प्रगतिशिल,जनवादी मुलुकहरुमा,विभिन्न सामरिक महत्व भएका मुलुकहरु जसलाई उनीहरु एउटा अस्थिरताको गोटी बनाउन चाहन्छन् । अस्थिर रणभूमि बनाउन चाहान्छन् त्यस्ता ठाउँमा चाहिँ उनीहरु विज्ञान प्रविधिका नविनतम् आविस्कारका माध्यमबाट प्रवेश गर्छन् । त्यो देशका कथित बुद्धिजीविहरुलाई, त्यो देशका कथित कलमधारीहरुलाई उभ्याउँछन् । कथित अभियान्ताहरुको नाटक मन्चन गरिन्छ । त्यो देशमा कथित अधिकारकर्मीहरु निर्माण गरिन्छ । ज्ञाताहरु निर्माण गरिन्छ । त्यो ढंगले त्यो देशको विकासको गतिलाई रोक्ने प्रगतिकोबाटो लाई रोक्नेकाम विभिन्न तत्वबाट हुने गर्दछ । ती सबै तत्वहरुचाहिँ अहिले सामाजिक सञ्जालको माध्यमबाट हामी विरुद्ध हमला गर्न थालेका छन् । अनेक युवाहरुलाई अत्यत गलत ढंगबाट भड्काउने एउटा पंक्ती छ । युवाहरुको त्यो पंक्ति चाहिँ कस्तो छ भने विभिन्न वेरोजगारी,गरिबी लगायतका समस्याहरुले आक्रान्त छ । ग्रसित छ । तिनीहरुको मनोभावना माथि निरासा पैदा भएको छ । ती युवाहरुमा रहेको निराशालाई आशामा बदल्नुपर्ने हो तर तिनीहरुले त्यो निरासामाथि ब्लाकमेल गरिरहेका छन् । त्यो निराशाचाहिँ कस्तो हुन्छ भने उनीहरु जो सुकै सत्तामा आउँदा पनि त्यो निराशालाई त्यही ढंगले प्रस्तुत हुने गर्दछन् । चाहे त्यो निराशा जुनसुकै ढंगले सत्ता हुन त्यस्ता व्यक्तिहरुको निरासामा इमोसनल व्याकमेल गरिरहेका छन् । ती राजनीति शक्तिहरु जो हाम्रो विरुद्ध लागिरहेका छन् ।

केहीतत्वहरु छन्, जसले ठूला सञ्चार माध्यमलाई प्रयोग गरेर भ्रमको खेती गरिरहेका छन् । कहिले कथित अभियन्ताका नाममा पनि ती प्रकट भए, कहिले स्तम्भकार र लेखकका रुपमा प्रकट भए । जनविरोधी अभिव्यक्ति निरन्तर आइरहे र जनमानसमा भ्रमपूर्ण समाचार दिएर जनतालाई भड्काउने, जनताको मनोविचारलाई उत्तेजित पार्ने प्रवृति र विभिन्न उद्देश्यका गोटीहरु विभिन्न अधिकारका नाममा भइरहेका छन् ।

अर्को एउटा पक्ति हुन्छ जसले कहिले कुनैपनि कुरालाई सकारात्मक ढंगबाट सोच्न सक्दैन । विदेश बस्दा विदेशमा देखेका ठूलाठूला घर र ठुलाठुला रोडलाई आफ्नो देशसँग तुलना गर्छ । आफ्नो देशभन्दा तीन सय वर्ष/चार सय वर्ष अगाडि विकास भएका देशसँग हाम्रो देशलाई गर्छ । त्यहाँबाट मनमा निरासा पैदा गर्छन् । त्यो सबै थोकचाहिँ अहिलेका शासकले गर्दा यस्तो भएको हो भन्ने उनीहरुको विश्लेषण हुन्छ र त्यसले दिमागमा एउटा नकारात्मकता पैदा भएको हुन्छ । त्यो नकारात्मक चिन्तनले गर्दा उनीहरु त्यो ढंगबाट प्रस्तुत भइरहको छन् । यस बाहेक अरु सबै जमातहरु छन् ती जमातहरु भनेका सबै प्रायोजित सुनियोजित हाम्रा निम्ति राजनीतिक आग्रह् र प्रतिशोध साँध्ने एउटा शक्ति छ । अर्को शक्ति विभिन्न अभियान्ताको नाममा त्यो अभियान्ताले भ्रममा छरेका पंक्तिहरु छन् । कथित अधिकारकर्मीहरुले भ्रम छरेका ती पंक्तिहरुचाहिँ सामाजिक संजालमा यताकदा देखिने गरेका छन् र तिनीहरुले चाहिँ तल्लोतहबाट कहिले राष्ट्रपतिलाई कहिले प्रधानमन्त्री लगायत राष्ट्रका एउटा सम्मान योग्न रहेका नेताहरुको विरुद्ध अन्यन्तै निम्न स्तरमा यस्तो अभियान चलाइरहेका छन् । जननेता कमरेड मदन भण्डारीले हामीलाई सिकाउनुभएको के थियो भने जस्तालाई त्यस्तै जवाफ हामीले हरेक परिस्थितिमा तयार पार्नुपर्छ । त्यस्ता किसिमका गलत ढंगबाट हामी माथि प्रहार हुन थालेपछि सभ्यताको नाममा हामी मौन भएर बस्नु, हातमा दही जमाएर बस्नु भनेको त्यो हाम्रो कमजोरीपन, लाचारीपन हो । नेपाली युवाहरु, युवा संघ नेपालका कार्यकर्ताहरु यसरी हातमा दही जमाएर बस्न तयार छैनन् । हाम्रो स्प्रिट त्यो होइन । हामीले त्यस्ता कुरा र प्रवृत्तिहरु जो छन् जति छन् त्यसलाई जस्ताको त्यस्तै जवाफ दिने छौँ । हाम्रा नेताको विरुद्ध, हाम्रा पार्टीको सरकारका विरुद्ध योजनावद्ध घेराबन्दी गर्ने सो पंक्तिलाई चाहिँ सही सवक सिकाउनका निम्ति चाहिँ हामीले साइबर सेना निर्माण गर्‍यौं । साइबर सेनाको प्रमुख यो उद्देश्यसँगै हाम्रा पार्टी तथा सरकारको नीति कार्यक्रमहरु जनताको लागि जनताका हितमा जे जस्ता कार्यक्रम भएका छन् अगाडि सारिएका छन्, तिनलाई व्यापक रुपमा प्रचार गर्ने काम पनि सेनाले गर्दछ । यी उद्देश्यका साथ हामीले साइबर सेना निर्माण गरेका थियौँ केही समय अगाडि । साइबर सेना घोषणा गरिरहँदा हामी विरुद्ध घिटफुट हमला भइरहँदा हामीले अलिकती वार्मअप गरेका थियौं । आफ्ना हात पाखुरा मर्काएर पनि तिनीहरुलाई ठीक पारेका थियौँ । अब तिनीहरुको ज्यादती र तिनीहरुको अलिकति हर्कत असैह्य रुपमा बढ्दै गइरहेको छ । त्यसले गर्दा अब हामी छिटै हाम्रो फायर खोल्न गइरहरहेका छौँ । साइबर सेनाले अब छिटै फायर खोल्दै छ । त्यसले जस्तालाई त्यस्तै जवाफ दिने ढंगले हामी अगाडि बढ्दै छौँ ।

विश्वभरी नेपाल अहिले तीव्रतर विकासको गतिमा अगाडि बढेको छ भन्ने सन्देश गइराखेको छ । त्यसले नेपाली आम युवाहरुमा ऊर्जा प्रवाह गरेको छ । पहिले राजनीतिका बारेमा वितृष्णा जागेका युवाहरु राजनीतिका बारेमा केही बोल्नुस् भन्दा युवाहरुले आइ हेट पोलिटिक्स भन्थे । तर, अहिले आइ लभ यू केपी ओली भन्न थालेका छन् ।

पार्टी एकताका नाममा झण्डै तीनवर्ष सुशुप्त बनेको संगठनलाई कसरी चलायमान बनाउनुहुन्छ ?
पार्टी एकताका नाममा युवा संघ नेपाल अलि निष्क्रिय भयो । तर सर्वोच्च अदालतले नेकपा एमाले व्यूँझाइदिएपछि हामी सक्रिय भएर लाग्यौं । फागुनको अन्तिम साता देखि हालसम्म ६० वटा भन्दा बढी जिल्लामा कमिटीहरु पुनर्गठन गरिसकेका छौँ । कमरेड केपी शर्मा ओलीको जुन स्प्रीट छ । हामीप्रतिको अपेक्षा छ, त्यसलाई बहन गर्ने क्रममा हामीले यति छोटो अवधिमै ती जिल्लाहरुमा सम्पन्न गरिसकेका छौँ । अहिले परिस्थिति सहज छैन । यो बीचमा हामी भर्चुअल माध्यमबाट हामीले उठाउन पर्ने इस्यू र मुद्दाहरुको सन्दर्भमा विभिन्न आवाजहरु उठाउने छौँ । युवाको सरोकारको विषयहरु केन्द्रित गर्नेछौं । त्यस लगायत मास ओरेन्टेसन लगायतका बिषयहरु लक डाउनपछाडी केन्द्रित गर्नेछौं । कोरोना नियन्त्रणतर्फ जाादै गरेपछि सिंगो देशलाई निर्वाचन मय बनाउने छौं । सिंगो देशलाई केपी ओलीमय बनाउने छौँ र हरेक युवाको मनमा केपी शर्मा ओलीले अगाडि बढाएका नीति कार्यक्रमहरु र त्यसका परिणमहरु लिएर हामी अगाडि बढ्ने छौँ ।