अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदीप ज्ञवालीलाई तीन प्रश्न– ‘के माधव नेपाल एमालेमै फर्किने आशा छ ?’

प्रदीप ज्ञवालीलाई तीन प्रश्न– ‘के माधव नेपाल एमालेमै फर्किने आशा छ ?’


आइतबार बिहानै नेकपा एमाले स्थायी कमिटीको बैठक बस्यो । बैठकले असार १६ गते केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीले गम्भीर विषयमा छलफल गरेको तर निर्णय नलिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचार, प्रकृतिक विपत्ति, राष्ट्रिय राजनीतिलगायतका विषयमा छलफल गरेको ज्ञवालीको भनाइ छ । बैठकले पार्टीको सदस्यता नवीकरणलाई तीब्रता दिन मातहतका कमिटीलाई निर्देशन दिएको थियो । बैठकपछि सञ्चारकर्मीमाझ उभिनुभएका ज्ञवालीलाई पत्रकारले तीन प्रश्न सोधे ।

१. के अझै माधव नेपाल एमालेमै फर्किने आशा गर्नुभएको छ ?

हाम्रो तर्फबाट हरसम्भव प्रयास भएको छन् । औपचारिक/अनौपचारिक प्रयास भएका छन् । एमालेको एकतालाई अक्षुण्ण राखेरमात्रै लोकतन्त्र, कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिन्छ भनेर प्रयत्नशील छौं । एमाले कमजोर हुँदा अप्ठ्यारोमा पर्छन् भनेर हर सम्भव प्रयत्न गरिरहेका छौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट जेठ २३ गते आह्वान भएको छ । तर, कमरेड माधव नेपालका व्यवहार एकतासँग ठ्याम्मै मेल खाने खालका छैनन् । एकतालाई एकता होइन, विभाजनलाई र एमालेको सरकारलाई कायम राख्ने होइन, जसरी पनि विस्थापित गर्ने काम गर्नुभएको छ । एमालाई श्रेष्ठ होइन, प्रतिपक्षीलाई काँधमा राखेर श्रेष्ठ राख्ने प्रयत्न गर्नुभएको छ । सीमित नेताहरुको चाहना होला तर स्थायित्वका पक्षधरको चाहना यो होइन । कार्यकर्ताको चाहना होइन । जनस्तरबाट टिकाटिप्पणी भइरहका छन् । आशा मारेका छैनौं । आन्दोलन र आफ्नो राजनीतिक जीवनलाई उहाँहरुले कसरी अगाडि बढाउनुहुन्छ ।

२. महाधिवेशन आयोजक कमिटीको वैद्यतामा प्रश्न उठाइएको छ, तपाईंहरुले फेरि आयोजक कमिटीकै बैठक बोलाउनुभयो त ?

सर्वोच्च अदालतको जेठ २४ गतेको फैसला त्रुटिपूर्ण भएकाले हामी भ्याकेटमा गएका छौं । अदालतको निर्णय भएकाले मान्छौं । तर, कानूनभन्दा बाहिर गएको फैसला टिक्ने छैन । फैसलाबारे आयोजक कमिटीले गर्नेछ ।

३. एकता प्रयास भइरहेकाबेला कर्णालीका चार सांसदको पुनर्बहालीविरुद्ध भ्याकेटमा जानुभयो नि ?

पार्टी भनेको जसले जे मन लाग्यो त्यो गर्न पाउने होइन । हाम्रो चिन्ता एमालेलाई अप्ठ्यारो परेको भन्ने होइन, क्षणिकरुपमा त कर्णालीमा एकता हुँदा एमालेलाई फाइदा हुन्छ । एमालेको सरकार बन्छ । तर, प्रश्न के हो भने फ्लोर क्रस गर्दा पनि कारबाहीको विषय बन्दैन भने दलीय प्रणाली टिक्छ ? एमालेलाई परेकाबेला खुच्चिङ नगर्न आग्रह गर्दछु । २०५२ सालमा एमालेको लोकप्रिय सरकार ढाल्दा के भए ? प्रणालीको रक्षाका लागि भ्याकेटमा गएका हौं । एकतालाई अप्ठ्यारो पर्दैन ।