अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नर्वेमा खस्यो उल्का पिण्ड

नर्वेमा खस्यो उल्का पिण्ड


ओस्लो– नर्वेमा उल्कापिण्ड खसेको छ।ठूलो आवाजका साथ उल्कापिण्ड नर्वेको राजधानी ओस्लोदेखि ६० किलोमिटर पर फिनमार्काको जंगलमा खसेको अनुमान गरिएको छ।

उल्कापिण्ड राति १ बजे खसेको थियो।हालसम्म उल्का पिण्डका कारण क्षति भएको कुनै विवरण आएको छैन।होलमेस्ट्रेडस्थित एक वेब क्यामराले खस्दै गरेको उल्का पिण्डको दृश्य कैद गरेको छ।

सोही भिडियोको आधारमा उल्का पिण्ड खसेको स्थान खोजी गरिएको छ।उल्कापिण्ड १५–२० किलोमिटरप्रति सेकेण्डको गतिमा खसेको थियो।