अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थ र स्वास्थ्य सचिवको सरुवा

अर्थ र स्वास्थ्य सचिवको सरुवा


काठमाडौं- सरकारले तीन जना सचिवको सरुवा गरेको छ ।

साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ भने शिशिरकुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

मरासिनी एक वर्षअघिमात्रै सचिव बढुवा हुनुभएको थियो । उहाँ महालेखा नियन्त्रक कार्यालयमा हुनुहुन्थ्यो ।

स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।