काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ ।
विघटित कार्यदलका सदस्यहरुको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुन लागेको हो । पार्टी एकतालाई अगाडि बढाउने उद्देश्यसाथ उहाँहरुबीच भेटवार्ता हुन लागेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
नेम्वाङले कुनै नाटकीय बदलाव नआए आज भेट हुने बताउनुभएको छ ।
सोमबार सम्पन्न एमाले स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ गतिसाथ अगाडि बढाउने निर्णय गरेको छ । सो बैठकले विभिन्न ९ वटा विभाग पनि गठन गरेको छ । ती विभागमा माधव गुटका लागि पनि ठाउँ खाली गरिएको छ ।
प्रतिक्रिया