अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी


काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड बैठक डाकिएको थियो । सोही बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने जनाएको छ ।

अहिले बोर्ड बैठक बसिरहेको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्न लागिएको हो ।
५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् ।

एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटलगायतबाट पनि हेर्न सकिनेछ ।