अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकसेवा आयोगको परीक्षा स्थगित नहुने

लोकसेवा आयोगको परीक्षा स्थगित नहुने


काठमाडौं– लोकसेवा आयोगको परीक्षा स्थगित नहुने भएका छन् । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरू नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिनुभयो ।

‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरू सञ्चालन भइरहेका छन् । र अबका परीक्षाहरू पनि तोकिएकै समयमा हुन्छ,’ उहाँले भन्नुभयो ।

परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत आयोगका प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

आयोगले आ.व. २०७६/०७७ र आ.व. २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।