अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता सुरु

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता सुरु


मेक्सिको- भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ । भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता सुरु भएको हो ।

सरकारका विरुद्धमा जारी रहेको सो विरोधका कारण आर्थिक तथा सामाजिक अवस्था नै तहसनहस भएको बताइएको छ । राजनीतिक तथा आर्थिक सङ्कटको अवस्थाको अन्त्यका लागि सो वार्ता शुरु भएको अधिकारीले जानकारी दिएका छन् । सो वार्तामा पछिल्लो समयमा सरकारका विरुद्धको सङ्घर्षका विषयमा सहमति खोज्ने बारेमा कुराकानी हुने बताइएको छ ।

आमनिर्वाचनका विषयमा पनि सहमतिको प्रयास हुने बताइएको छ । यसअघि सन् २०१८ मा पनि यहाँको सरकार र विपक्षीबीच डोमिनिक रिपब्लिकमा वार्ता भएको थियो । त्यस वार्ताका क्रममा भने कुनै सहमति हुनसकेको थिएन ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र यहाँका विपक्षी दलका नेता जुआन गुएइदोबीच सहमति हुन नसकेको बताइएको थियो । सो वार्ताका क्रममा भेनेजुएलाको नाकाबन्दीको विषयमा पनि छलफल हुने पनि बताइएको छ ।