अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सातमहिने शिशु र युवकको शव फेला

सातमहिने शिशु र युवकको शव फेला


मलङ्गवा- सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका-४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शिशुको शव फेला परेको छ भने मलङ्गवा-७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो ।

सातमहिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।

दुवै शवको अहिलेसम्म पहिचान खुलेको छैन । दुवै शव अहिले मलङ्गवा अस्पतालमा राखिएको छ । दुवै शवका विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।