अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले बैठक आज पनि, अध्यक्ष ओलीले समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै

एमाले बैठक आज पनि, अध्यक्ष ओलीले समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै


काठमाडौं– शुक्रबार देखि जारी नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा बिहान ११ बजेदेखि बैठक बस्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानारी दिनुभयो ।

शनिबारको बैठकमा विधान महाधिवेशनमा पेश गरी विभिन्न प्रस्ताव माथि समूहगत छलफल भएको थियो।

शुक्रबारदेखि सुरु भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष सहितको सुझाव प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनु भयो ।

अध्यक्ष ओलीले राख्नुभएको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राख्नुभएको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गर्नुभएको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो ।