अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चाडपर्व नजिकिँदै गर्दा प्रहरीले बढायो सुरक्षा सतर्कता

चाडपर्व नजिकिँदै गर्दा प्रहरीले बढायो सुरक्षा सतर्कता


बनेपा-दशै‌ं-तिहार नजिकिँदै गर्दा प्रहरीले सुरक्षा व्यवस्थालाई थप सबल, सदृढ र प्रभावकारी बनाएको छ ।

प्रहरीले चाडपर्वको समयमा हुनसक्ने अपराध, अवैध चोरी–निकासी, लागूऔषध ओसारपसार तथा बिक्री–वितरण एवं दुरुपयोग हुन सक्ने भएकाले त्यस्ता गतिविधिलाई निस्तेज गरी शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन आजदेखि जिल्लाको विभिन्न स्थानमा सुरक्षा गतिविधि थप बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार जिल्लाका मुख्य राजमार्ग अरनिको र बिपी राजमार्ग चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरु र मानिसको बढी भीडभाड हुने संवेदनशील मानिएका स्थानहरु बनेपा र धुलिखेल नगर क्षेत्रभित्रका विभिन्न स्थानमा शान्तिसुरक्षाका कार्यलाई अगाडि बढाएको बताउनुभयो ।

सो क्रममा प्रहरीले जिल्लास्थित सरकारी कार्यालयहरु, बै‌क तथा वित्तीय संस्थालगायत आर्थिक गतिविधि हुने स्थानहरु, मानिसको बढी भीडभाड हुने तरकारी, फलफूल बजार, डिपार्टमेन्टल स्टोर, होटल लज, प्रमुख व्यापारिक केन्द्र, प्रमुख धार्मिक तथा पर्यटकीयस्थल, जिल्लाको महत्वपूर्ण प्रतिष्ठान र लोकमार्ग भएर चल्ने सवारी साधनहरुमा लागूऔषध र विस्फोटक पदार्थ (पटका) ओसारपसार हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै तालिम प्राप्त कुकुरसहितको प्राविधिक प्रहरी टोलीद्वारा जाँच गरिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो ।

सो क्रममा विस्फोटक पदार्थ तथा कुनै पनि शङ्कास्पद गतिविधि फेला नपरेको र समग्र जिल्लाको शान्तिसुरक्षाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । सुरक्षा योजनाअन्तर्गत विभिन्न चरणमा भिन्नभिन्न खालका सुरक्षा जाँचसम्बन्धी कामलाई निरुन्तरता दिइने उहाँले बताउनुभयो । चाडपर्वको बेला सबैलाई बिदा हुने र सरकारी कार्यालयहरु बन्द हुने र मान्छेको आवतजावत पनि कम हुने भएकाले अपराधका काम बढ्ने सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाएको उहाँको भनाइ छ ।

यसैबीच प्रहरी दिवसका अवसर पारेर जिल्लास्थित सुरक्षा निकायबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । ६६औँ प्रहरी दिवस–२०७८ का अवसरमा धुलिखेल नगरपालिका–७ स्थित धुलिखेल रङ्गशालामा आज सम्पन्न भएको प्रतियोगिताअन्तर्गत पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलबीचको प्रतियोगिता भएको थियो । प्रतियोगितामा कालीजङ्ग गण धुलिखेलले ४–१ को अन्तरमा विजय भएको छ ।

त्यस्तै दोस्रो चरणमा भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सशस्त्र प्रहरी बल नं १५ गण हेडक्वार्टर पाँचखालबीच भएको प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ५–२ को अन्तरले विजय भएको छ । काभ्रेपलाञ्चोकका प्रजिअ शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न खेलमा नेपाली सेनाका कालीजङ्ग गण धुलिखेलका प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्री, नं १५ गण हेडक्वार्टर पाँचखा