अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-२ का मुख्यमन्त्री राउत आशिर्वाद लिन जानकी मन्दिर

प्रदेश-२ का मुख्यमन्त्री राउत आशिर्वाद लिन जानकी मन्दिर


जनकपुरधाम- प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत आशिर्वाद लिन जानकी मन्दिर पुग्नुभएको छ ।

बुधबार विश्वासको मत लिएपछि प्रदेशसभाबाट दुई तिहाइ सांसदको समर्थन पाएपछि बिहीबार जानकी मन्दिर पुगेर उहाँले त्यहाँका महन्थको गोडा ढोकेर आशिर्वाद लिनुभएको हो ।

मुख्यमन्त्री राउत महन्थ रामतपेश्वर दासको कार्यकक्षमै गएर आशिर्वाद लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आशिर्वाद लिन पुग्नुभएका मुख्यमन्त्री राउतलाई महन्थ दासले माला तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

बुधबारको प्रदेश सभा बैठकमा उपस्थित १०० जना सांसदमध्ये ७७ जनाले विश्वासको मत दिएका थिए । २३ जनाले विपक्षमा मत हालेका थिए ।

उहाँले सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटेपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिनुभएको हो ।