अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडा सदस्यको निधन

वडा सदस्यको निधन


बैतडी- बैतडीमा एक जना जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो ।

मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उहाँको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताउनुभयो । केही दिनदेखि बिरामी हुनुभएकी चन्द उपचारका लागि त्यहाँ जानुभएको थियो । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट उहाँ सदस्यमा निर्वाचित हुनुभएको हो ।