अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जीप दुर्घटनामा प्रधानअध्यापकको मृत्यू

जीप दुर्घटनामा प्रधानअध्यापकको मृत्यू


काभ्रे- काभ्रेमा बोलेरो जीप दुर्घटना परी चौरीदेउराली गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक ४९ वर्षीय कमलबहादुर श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार श्रेष्ठ आफैले चलाएको बोलेरो बुधबार राती करिब ९ बजेतिर दुर्घटनामा परेको हो । कुखुराको दाना बोकेर दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नम्बरको बोलेरो भुम्लु गाउँपालिका–५ जामुने खोलामा ९सडकबाट अन्दाजी तीन सय मिटर तल० खसेको थियो ।

श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहीबार विहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।