अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीले बगाउँदा इराकमा दुई नेपालीको मृत्यु

बाढीले बगाउँदा इराकमा दुई नेपालीको मृत्यु


इराक – इराकको स्वशासित राज्य कुर्दिस्तानमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार बाढीमा परेर दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको छ ।

कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले शेर्पा र राई सवार सवारी साधनलाई बगाउँदा दुवै जनाको ज्यान गएको हो ।

मृतक शेर्पा एक हप्ता र राई एक महीना अगाडि मात्रै इराक पुग्नुभएको थियो । उहाँहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका छन् । कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ ।