काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनको निर्वाचनमा सबैभन्दा बढी मत निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले ल्याएका छन्।
विपी कोइरालाका कान्छा छोरा शशांकले ३८३६ मत प्राप्त गरेर युवा नेता गगन थापालाई पनि उछिनेका छन्।
१४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापाले ३०२३ मत प्राप्त गरेका थिए। जुन पदाधिकारीमा सर्वाधिक थियो। थापाले दोस्रो चरणमा २७३३ मत ल्याएर सभापति निर्वाचित शेरबहादुर देउवालाई पनि उछिनेका थिए। तर थापाले ल्याएको सर्वाधिक मतलाई शशांकले ८ सयभन्दा बढी मत ल्याउँदै उछिनेका हुन्।
यससँगै शशांक १४औं महाधिवेशनमा कमिटी निर्वाचनमा सर्वाधिक मत ल्याउने नेता बनेका छन्। उनले करिब ८० प्रतिशत मत प्राप्त गरेका छन्। यसैगरी पदाधिकारीअन्तर्गत उपसभापतिमा सबैभन्दा बढी पूर्णबहादुर खड्काले २१२१ मत पाए।
आठ वटा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुरले सबैभन्दा बढी २७७६ मत पाए।







प्रतिक्रिया