अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैदी फरार : प्रहरीकै मिलोमतोमा भगाएको पुष्टि

कैदी फरार : प्रहरीकै मिलोमतोमा भगाएको पुष्टि


दाङ – घोराही कारागारमा जन्मकैद सजाय भोगिरहेका कैदी फरार भएको घटनामा प्रहरीकै संलग्नता रहेको खुलासा भएको छ ।

एक प्रहरीजवानसहित अन्य पाँच जनाको मिलोमतोमा कैदी यमराज परियारलाई भगाइएको तथ्य भइसकेको छ । डिएसपीको मुकुन्द रिजाललको कमाण्डमा प्रहरी परिचालन गरिएको एसपी सुरेश काफ्लले बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख काफ्लेका अनुसार बिहीवार उपचारका लागि अस्पताल लगिएको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर फारर भएको घटनामा संलग्न प्रहरीजवानसहित तीन जनालाई पक्राउ गरिएको छ । बाँकी दुई जनाको भने खोजी कार्य भइरहेको प्रहरी प्रमुख काफ्लले बताउनुभयो ।

प्रहरी जवान चौधरीलाई हिजो नै हिरासतमा राखिएको थियो । आज थप दुई जनालाई पक्राउ गरिएको छ।

कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यामराज परियार छाला उपचार गर्न बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पुगेको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए ।

परियारलाई उपचार गर्न लगेका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सीसीको निलो कालो पल्सर मोटरसाइलसहित अस्पतालबाट भागेपछि हिजोदेखि नै प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको छ ।