अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

के हो स्मार्ट लक डाउन ? (पूर्णपाठ सहित )

के हो स्मार्ट लक डाउन ? (पूर्णपाठ सहित )


काठमाडौं -कोरोना महामारी बढ्दै गएपछि सरकारले धेरै मानिसहरुको आवतजावतत हुने स्थानहरुमा कडाई गर्ने तयारी गरेको छ । हिजो बसेको कोभिढ १९ व्यवस्थापन समिती (सिसिमएसीको बैठकपछि यस बिषयमा सरकारले आज भोली नै केही नयाँ निर्णय गर्ने भएको छ । यसका लागि पहिलो कदमका रुपमा स्मार्ट लक डाउनको तायरी सरकारको छ । हिजोको सिसिएमसी बैठकपछि प्रवक्ता सुनिता नेपालले स्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू हुने बताउनुभएको छ।
बैठकपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले भन्नुभयो ‘गत कोरोना महामारीमा नै हामीले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि लागु गरेका थियौँ । त्यो कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।’
के हो स्मार्ट लक डाउन ?
सीसीएमसीका अनुसार नयाँ परिभाषित स्मार्ट लकडाउन भनेको वैज्ञानिक लकडाउनको उन्नत मोडालिटी हो । जुन मोडालिटी अनुसार अत्यावश्यक र प्राथमिकताका आधारमा बजार, व्यवसायदेखि सार्वजनिक क्षेत्र यकिन गरिन्छ र त्यसलाई खोल्ने र आवश्यकताअनुसार बन्द गरिन्छ । यसअघि किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेयर पसल, कृषिजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेशनरी पसल लगायत सञ्चालनका लागि फरक(फरक समय निर्धारण गरी सञ्चालन गर्ने निर्णय गरिएको थियो ।