अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट अवैध रूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

भारतबाट अवैध रूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट


झापा – भन्सार छलेर भारतबाट अवैध रूपमा लुकाइ-छिपाइ नेपाल भित्र्याइएको रु.एक लाख ९२ हजार बराबरको ६४० केजी माछा प्रहरीले आज बरामद गरेको छ ।

गौरादह नगरपालिका-३ सहिदगेट अगाडिबाट मे १ च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैध रूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो ।

सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा हाली आजै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।