अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं जिल्ला अदालतको सेवा कटौती

काठमाडौं जिल्ला अदालतको सेवा कटौती


काठमाडौं – काठमाडौं जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको अदालतको पूर्ण बैठकले माघ ६ गते बिहीबारदेखि १८ माघ मंगलबारसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो ।

३० जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र सर्वोच्च अदालतको ४ माघको पूर्ण बैठकले सेवा कटौती गर्ने निर्णय गरेको भन्दै काठमाडौं जिल्ला अदालतले पनि १८ माघसम्म सेवा कटौती गर्ने निर्णय गरेको हो ।  

क. सेवा प्रवाह सम्बन्धमा : 

. अभियुक्तलाई अनुसन्धानको लागि हिरासतमा राख्न अनुमित दिने (म्याद थप), पक्राउ पूर्जी अनुमति, कल डिटेल अनुमति र जरुरी पक्राउ पुर्जिको समर्थन सम्बन्धी कार्यहरु, 

२.थुनुवा प्रतिवादी भएका मुद्दाको पेशी र सुनुवाइ, 

३.अभियोगपत्र दर्ता गर्ने, अभियोगपत्रसाथ पेश भएका अभियुक्तको बयान लिने, थुनछेकआदेश गर्ने, 

. प्रहरीद्वारा पक्राउ परि आएका फरार प्रतिवादीको बयान तथा थुनछेक सम्बन्धी कार्य, 

५. बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदन, 

६. मुद्दा फिर्ता, मिलापत्र, डिसमिस सम्बन्धी काम कारवाही, 

७. मुलुकी फौजदारी कार्यविधित संहिता, २०७४ को दफा १५५ अनुसारको निवेदन, 

८. थुनुवा निवेदक भएका मुलुकी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरु,

९. बालसुधार गृहमा रहेका बालबालिका जिम्मा लिने विषयसंग सम्बन्धित निवेदन, 

१०. सम्पत्ति रोक्का सम्बन्धी निवेदन प्यार ११.घरेलु हिंसा सम्बन्धी मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश माग भएका निवेदनको सुनुवाइ,

१२.फैसला कार्यान्वयनसँग सम्बन्धित थुनुवा/कैदीका निवेदन दर्ता र सुनुवाइ, 

१३. दैनिक ५ वटा अधिकृत वारेसनामा र ३ वटा दर्ताद्वारा विवाह सम्बन्धी निवेदन, (अधिकृत वारेसनामा र विवाह दर्ताको लागि अत्यावश्यक भएमा मात्र सम्बन्धित फाँटमा फोन सम्पर्क (९८४६१०२५०६) गरी उपस्थित हुनको लागि अनुरोध गरिन्छ।)

ख. मुद्दा/निवेदन दर्ता गर्ने सम्बन्धमा अत्यावश्यक भएमा मात्र अदालतमा उपस्थित भई सेवा लिने र अन्य तारेख दिने लगायतका कामकारवाही जनस्वास्थ्यका निर्धारित मापदण्ड अनुसार सामाजिक दुरी कायम गर्ने, भिडभाड हुन नदिने लगायतका कुराहरुको पूर्ण परिपालना हुने गरी सञ्चालन गर्न अदालत प्रशासनले आवश्यक व्यवस्था मिलाउने छ। 

ग.अदालतमा अनावश्यक भिडभाड हुन नदिन अत्यावश्यक र न्यून संख्याको जनशक्तिबाट आलोपालो मिलाई कामकारवाही गर्न व्यवस्था हुनेछ। 
घ.संक्रमणदर घट्दै गए सेवा सुचारु गर्न सकिने अवस्था भएमा यही बीचमा पुर्नविचार गरी सूचना गरिनेछ ।