अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना सङ्क्रमणबाट एकैदिन १५ जनाको मृत्यु, ८ हजार १७ सङ्क्रमित थपिए

कोरोना सङ्क्रमणबाट एकैदिन १५ जनाको मृत्यु, ८ हजार १७ सङ्क्रमित थपिए


काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५ जनाको ज्यान गएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार आठ सय आठ जनाको नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा पाँच हजार दुई सय ९२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३७ हजार चार पुगेको मन्त्रालयले जनाएको छ ।