अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम : ४८६ सङ्क्रमित थपिए, दुईको मृत्यु

सुदूरपश्चिम : ४८६ सङ्क्रमित थपिए, दुईको मृत्यु


सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा आज थप ४८६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६९३ जनाको नमूना परीक्षण गर्दा ४८६ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत १८९ र एन्टिजेनमार्फत २९७ मा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १२१, महाकाली अस्पतालमा २९, बाजुरा अस्पतालमा २३, डडेल्धुरा अस्पतालमा १०, कमलबजार अस्पतालमा ६ र एन्टिजेनमार्फत कञ्चनपुरका ९०, कैलालीका ६२, बाजुरामा १८, दार्चुलाका १२, बझाङका १८, बैतडीका ३०, डडेल्धुराका ४८, डोटीका १३ र अछामका ६ मा सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा प्रदेशभर २५७ सङ्क्रमणमुक्त भएका छन् । यस प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–४ का ७५ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका-८ का ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि बिहीबार यस प्रदेशमा ५५८ मा सङ्क्रमण पुष्टि हुँदा १३० सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२१ को ज्यान गइसकेको छ ।