अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह चुनावको मिति घोषणा माग गर्दै एमाले उदयपुरका भ्रातृ संगठनले बुझाए ज्ञापनपत्र

स्थानीय तह चुनावको मिति घोषणा माग गर्दै एमाले उदयपुरका भ्रातृ संगठनले बुझाए ज्ञापनपत्र


उदयपुर – नेकपा एमालेका भ्रातृ संगठनले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

उदयपुरमा क्रियाशिल एमाले निकट भ्रातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।

उनीहरुले उदयपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै

‘संविधानको धारा २२५ ले स्थानीय तहको निर्वाचनपश्चात गाउँ र नगर सभा गठनका लागि समय लाग्छ भनेर ६ महिनाभित्र गाउँ–नगर सभा निर्वाचन भनेकोले धारा २२५ को अपव्याख्या गरी स्थानीय तहको निर्वाचन सार्न नमिल्ने’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै ‘स्थानीय तहका पदाधिकारीको पाँचवर्षे पदावधि २०७९ जेठ ५ मा समाप्त हुँदैछ, हाम्रो संविधानले स्थानीय सरकारमा जनप्रतिनिधि नहुने परिकल्पना गरेको छैन, पाँचवर्षे कार्यकाल पुरा गरिसक्दा नयाँ जनप्रतिनिधि निर्वाचित नहुने हो भने आगामी जेठ ५ गतेपछि ७५३ वटा स्थानीय सरकारले वैशाखपछि कार्यअवधि सकिन्छ र शुन्यता आउँछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र