अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय

फागुन १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय


काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएपनि पछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो । तर, काठमाडौंको गोकर्णेश्वरलगायत देशभरका स्थानीय तहले सरकारको निर्णय अवज्ञा गर्दै विद्यालय खोल्ने निर्णय यसअघि नै गरिसकेका छन् ।