अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीरबाट खसेर महिलाको मृत्यू

भीरबाट खसेर महिलाको मृत्यू


ओखलढुंगा -ओखलढुंगामा भीरबाट खस्दा एक महिलाको मृत्यु भएको छ। मोलुङ गाउँपालिका(४ मा भीरबाट लडेर स्थानीय ३८ वर्षीया मीना सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो गुठी पाताल जंगलबाट घाँस लिएर घर फर्कंदै गर्दा उनी भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारको क्रममा मिसन अस्पताल ओखलढुंगामा मृत्यु भएको प्रहरीले जनाएको छ।