अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको निधन

भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको निधन


भद्रपुर -भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान निधन भएको छ ।

५४ वर्षीय पकुवालको केही वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित डाइलासिस भइरहेको थियो ।

ओमसाई हस्पिटलको आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार विहान पकुवालको निधन भएको अस्पतालले जनाएको छ ।

उहाँ नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध हुनुहुन्थ्यो।