अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर थप ३८८ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

देशभर थप ३८८ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

११ हजार २८२ जना सक्रिय संक्रमित


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १२०५ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ।  हाल देशभर कोरोनाका सत्रिय संक्रमित देशभर ११ हजार २८२ जना रहेका छन् ।