अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्वीरमा हेर्नुहोस्- प्रेस चौतारीको महाधिवेशन पोखरामा

तस्वीरमा हेर्नुहोस्- प्रेस चौतारीको महाधिवेशन पोखरामा


पोखरा – प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन सत्र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरासभा गृहमा गर्नुभएको हो ।

महाधिवेशनका लागि पोखरामा देशभरका प्रतिनिधि भेला भएका छन् । महाधिवेशनले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ ।

महाधिवेशनमा विधान संशोधन प्रस्ताव अनुमोदन भएसँगै चौतारीमा अब अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित चार, एक महासचिव, तीन उपमहासचिव, एक कोषाध्यक्ष र सात प्रदेशबाट एक–एक जना गरी ७ सचिव हुनेछन् ।

काठमाडौंमा भएको आठौं राष्ट्रिय सम्मेलन भएको ७ वर्षपछि चौतारीले महाधिवेशन गर्दैछ ।

देशभरका करिब एक हजार दुई सय प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व छान्ने छ ।