अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जित्ने आधार तय गरेका छौँ, सुनकोशी गाउँपालिकालाई अत्मनिर्भर बनाउछौँ’

‘जित्ने आधार तय गरेका छौँ, सुनकोशी गाउँपालिकालाई अत्मनिर्भर बनाउछौँ’


सिन्धुली जिल्ला निकै नै रमणीय र सुन्दर जिल्ला मध्येको एक हो । नमुना राजमार्गका रुपमा बिपी राजमार्ग निर्माण भई सञ्चालनमा आए पश्चात् मधेश प्रदेश र प्रदेश नं.१ लाई राजधानीसँग जोडने प्रमुख द्वारको रूपमा विकसित भइरहेको छ । ऐतिहासिक सिन्धुलीगढको जिल्ला भनेर परिचित सिन्धुलीलाई जुनारको जिल्लाको रुपमा समेत चिनिन्छ । बागमती प्रदेशमा पर्ने थुप्रै सम्भावनाहरु बोकेको यो जिल्लामा ७ वटा गाउँपालिका र २ वटा नगरपालिका ७९ वटा वडाहरु छन् । ७ वटा गाउँपालिका मध्यको सुनकोशी गाउँपालिका अत्यन्तै प्रख्यात र सुन्दर छ । यो गाउँपालिका कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छ । देशभर चुनावी रौनक बढिरहेका बेला सुनकोशीमा पनि चुनावी गतिविधि बढेको छ । चुनावलाई केन्द्रित गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको तर्फबाट सिन्धुली सुनकोशी गाउँपालिकाको अध्यक्षका प्रत्यासी उम्मेदवार अशोक गिरीसँग गरिएको कुराकानीको अंशः

चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?
सुनकोशी गाउँपालिकामा सात वटा वडाहरु छन । हामीले सात वटै वडामा जनताको लोकप्रिय उम्मेदवारहरु उठाएका छौं । जनताको भावना, पार्टीको भावना र राम्रो भिजन भएका उम्मेदवारहरु उठाएका छौं । युवा, विद्यार्थी, महिला लगायत सम्पूर्ण संगठनहरु एक मतमा, एक रुपतामा पार्टीलाई जिताउँने अभियानमा लाग्नु भएको छ । संगठनिक रुपमा किसान, महिला, युवा लगायत सम्पूर्ण क्षेत्रको प्रतिनिधीत्व हुने गरी उम्मेदवारहरु उठाएका छौं । त्यस कारणले पनि पछिल्लो समय पार्टीप्रति थुप्रैको आकर्षण रहेको छ । त्यस कारणले पनि हाम्रो जित्ने मुख्य आधार धेरै नै छन र तयारी व्यापाक रुपमा गरिरहेका छौं ।

चुनावमा विजयी नै हुन्छु भन्ने तपाईका मुख्य आधारहरु के–के छन् ?
हाम्रो समाजमा भएका वेरोजगारी, किसानहरुको समस्या, शोषित, पिडितहरुको समस्यालाई समाधान गर्ने हाम्रो मुख्य एजेन्डा हो । साथै, हाम्रो ध्यान प्रगतिशिल बजेट बनाउँने तिर पनि हुन्छ । हाल सरकारले गरिरहेको जस्तो बजेट हुदैन भन्नाले हाल विलासिताका तथा अनुउत्पादक क्षेत्रमा खर्चिने खालको हाम्रो बजेट हुदैन । जनताको भावना विपरितको क्षेत्रमा बजेट खर्च गदैर्नौ । बरु त्यसको ठाँउमा उत्पादन क्षेत्रमा हाम्रोे बजेटहरु ल्याउछौं । उत्पादन बढाउँदै गाँउपालिकालाई आत्मनिर्भर बनाउने हाम्रो साेंच छ । यसमध्येमा पनि कृषि क्षेत्रमा उत्पादन बढाउने हाम्रो प्रमुख लक्ष्य हो । किसानहरुलाई रसायनिक मलहरुमा राहत ल्याउँने छौं । साथै, आर्गनिक कृषिमा किसानलाई आकर्षित गर्नतिर हाम्रो ध्यान हुन्छ । हाम्रो आफ्नै गाउँपालिकालाई सुहाउँदो खालको नीतिहरु ल्याउनेछौँ । हालको समयमा पनि स्वस्थ पिउने पानी, विद्युत, र सडक हाम्रो गाउँपालिकाको अत्यावश्यक भएकाले यस्तो खालको समस्या लिएर अब जनता कार्यालय धाउनुपर्दैन । बरु हामी आफै जनताको समस्यालाई सम्बोधन गर्नको लागि उनीहरुकै घर गाउँमा गएर बुझ्ने प्रयास गर्नेछौ ।

तपाईको भावी योजनाहरु के–के छन् ?
कृषिलाई मुख्य आधार बनाएर कृषिबाट रोजगारीको व्यवस्था गर्छाै ।कृषिका विषयमा योजनाहरु तर्जुमा गर्छौँ । साथै, हाम्रो गाँउपालिकालाई आवश्यक वस्तुृहरुको स्थानीय उत्पादन गर्न सक्ने नीति ल्याउँछौ । हामीले शिक्षालाई रोजगारीसँग जोड्न सक्ने शिक्षाको नीति ल्याउँछौ । हामीले हाम्रो गाँउपालिकालाई आवश्यक पर्ने दक्ष जनशक्तिहरु आफै उत्पादन गर्नै छौं । गाँउपालिकामा होटल चलाउँन सक्ने जनशक्ति छैंन, घर बनाउँनु पर्याे भने बाहिरको मानिस ल्याउनुपर्नेे अवस्था छ । ईलेक्ट्रिसियन लगायत प्राविधिक क्षेत्रमा काम गर्ने, कृषिलाई आधुनिक तरिकाले पेशा गर्ने जनशक्ति नभएकोले गाउँपालिकाकलाई आवश्यक पर्ने सीपमुलक जनशक्ति उत्पादन गर्नको लागि हामीले विभिन्न नयाँ कार्यक्रमहरु ल्याउछौं । गाँउपालिकालाई आत्मनिर्भर बनाँउने हाम्रो पहिलो प्राथमिकता हो ।

गठबन्धनले तपाईलाई चुनौति देला नि त ?
गठबन्धन स्वार्थीहरुको भिर हो । यो प्रमाणित भईसकेको छ । गठबन्धनको काम भनेको पदमा पुग्ने कसरी हुन्छ लुटेर खाने भन्ने एउटा उदेश्य मात्रै हो । ठिक्क त्यसको विपरित हाम्रो पार्टीमा जनताको काम गर्ने, जनताको सेवा गर्ने, कुनै व्यतिmगत स्वार्थ नभएको अथवा निस्वार्थ भावना भएको पार्टी छ । गठबन्धनमा जात्राको भिड जस्तो भएपनि हाम्रो एउटा लक्ष्यसहितको एकतावद्ध कमिटी रहेको छ । त्यही नै हाम्रो जितको आधार हो ।

नेकपा एमालेबाट समाजवादी भएकाले तपाईलाई असर गर्न सक्छ नि त ?
अब समाजवादी अन्य क्षेत्रमा समाजवादीको प्रभाव के कति रहेको छ त्यसको आंकलन गरेका छैनौ । हाम्रो गाउँपालिका सुनकोशीको सन्दर्भमा केही मात्रामा औंलामा गन्न सकिने साथीहरु समाजवादीतिर जानुभएको छ । उहाँहरुलाई फर्काउने वार्ता भईरहको छ । समाजवादीले हाम्रो पार्टीलाई त्यति धेरै असर गर्ने देखिँदैन । यसै पनि सुनकोशी गाउँपालिकामा समाजवादीको त्यति धेरै प्रभाव भने छैन ।

विगतको निर्वाचनमा एमालेको प्रभाव कति रह्यो ?
विगतको निर्वाचनमा एमाले जनताको लोकप्रिय तथा सशक्त पार्टी रहेको थियो । विगतमा माओवादी केन्द्रले अलिकति जालझेल, तथा केही स्थानमा फर्जी मतको प्रयोग, बुथ नै आफ्नो पक्षमा राख्ने प्रयासहरु भए । यसका साथै, हाम्रो उम्मेदवारहरुलाई पनि प्रचार गर्न नदिएको विगतको इतिहास छ । त्यस्तो अवस्थामा पनि नेकपा एमाले आठ सय मतले मात्रै पराजय भएको थियो । म पनि पूर्व माओवादी केन्द्रबाट एकता पश्चात एमालेमा नै बसेकोले पनि माओवादीका कही साथीहरुको पनि हामीमा बलियो समर्थन छ । त्यस्तै, माओवादीमा संगठन क्षत–विक्षत अवस्थामा छ । उनीहरुमा उम्मेदवारीको क्रममा धेरै मतभेद, मनमुटाव छ । हामीमा त्यसखालको अवस्था छैन, हामी एकतावद्ध रहेकोले पनि यस पटक हाम्रो पक्षमा निकै राम्रो मत आउने अपेक्षा छ । विगतमा पनि गठबन्धन नभएको भए दुई हजार मतले जित्ने थियौं । गठबन्धन भएपनि कांग्रेसका प्रतिनिधीले हामी आफ्नो छाप बाहेकको अन्य छापमा हाल्दैनो भन्ने मतभेद भएकोले र यस क्षेत्रमा रुख चिन्न नै नभएकोले र हाम्रो संगठन बलियो छ । हामी हाम्रो आफ्नै बलले विजयी हुनेछौँ ।

अन्त्यमाः तपाईको क्षेत्रका जनताहरुलाई के भन्न चाहनुहुन्छ ?
सुनकोशी बासीहरुलाई के भन्न चाहन्छु भने, हामी कुनै व्यतिmगत स्वार्थको लागि राजनितिमा आएका होइनौँ । बर्गिय परिवर्तन तथा समाज परिवर्तन, हामी कम्युनिष्ट भएकाले पनि बर्गिय, जातिय समस्याको अन्त्य गर्न चाहन्छाँै । गास, वास, र कपासको लागि हामी सोच्छाँै । साथै चुनावी परिणाम जस्तो भएपनि सदैव जनताको हित र रक्षाको लागि लड्छौँ भन्न चाहन्छु ।