अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठमेलको नाइट क्लबमा राहुल गान्धी झुमेको भिडिओ भाइरल भयो

ठमेलको नाइट क्लबमा राहुल गान्धी झुमेको भिडिओ भाइरल भयो


काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय कांग्रेस आईका नेता राहुल गान्धी सोमबार काठमाडौंको ठमेलस्थित नाइट क्लबमा छिरेका भिडिओ निकै भाइरल भइरहेको छ।

भारतीय सञ्चारमाध्यमले पनि यो खबर प्राथमिकताका साथ प्रस्तुत गरिरहेका छन्। यसै क्रममा भारतीय पत्रिका अमर उजालाले राहुल गान्धीमा पबमा पार्टी गरिरहेको देखिएको उल्लेख गरेको छ। उक्त भिडिओप्रति भाजपाले प्रश्न उठाएको छ।

राहुल गान्धी नेपालकी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन काठमाडौं आउनु भएको हो। सुम्निमाका बुबा भीम उदासले राहुल गान्धीलाई छोरीको विवाहमा सहभागी हुन निम्ता दिएको बताउनु भयो । भीम उदास म्यानमारका लागि नेपाली राजदूत हुन्। उहाँका छोरी सुम्निमा पूर्वसीएनएन संवाददाता हुन्।

अमर उजालाले लेख्नु भएको छ– ‘धेरै सोसल मिडिया प्लेटफर्ममा भाइरल भइरहेको भिडिओमा राहुल नाइट क्लबमा केही व्यक्तिहरूसँग पार्टीमा संलग्न छन्। राहुल वरपर उपस्थित मानिस रक्सी पिइरहेका छन्।’

कांग्रेस नेतृत्व संकटमा परेका बेला भिडिओ भाइरल भएको खबरमा उल्लेख छ।