जाजरकोट – जाजरकोटको भेरी नगरपालिकाको मेयरमा पुन: एमालेका चन्द्रप्रकाश घर्ती (सीपी) निर्वाचित हुनु भएको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घर्ती निर्वाचित हुनु भएको हो ।
गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गगनबहादुर खड्कालाई ८७९ मतान्तरले पराजित गर्दै घर्ती मेयरमा निर्वाचित भएका हुन् ।
घर्तीले ४८४२ मत प्राप्त गरेका छन् । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गगनबहादुर खड्काले ३९६३ मत प्राप्त गरेका छन् ।
एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३५५९ मत ल्याएका छन् । एकीकृत समाजवादी एक्लै प्रतिस्पर्धामा थियो ।
उपमेयरमा भने गठबन्धनकी उम्मेदवार कांग्रेसकी सीता जैशी निर्वाचित हुनु भएको छ । उहाँले ५९८५ मत ल्याउनु भयो । उहाँकी प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५१७२ मत ल्याउनु भयो ।
नगर प्रमुखमा निर्वाचित घर्ती २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक मतले विजयी भएका थिए ।







प्रतिक्रिया