अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक्लाएक्लै लड्दा एमाले कस्तो हुन्थ्यो झापा-मोरङमा हेर्न जानू

एक्लाएक्लै लड्दा एमाले कस्तो हुन्थ्यो झापा-मोरङमा हेर्न जानू


मोरङ- कांग्रेसको गुटगत लडाइँका कारण झापा र मोरङमा सत्ता गठबन्धनको तालमेल भएन ।

संस्थापन पक्ष एकताको पक्षमा रहे पनि डा. शेखर कोइराला समूहले तालमेल हुनै दिएन ।

झापा र मोरङमा तालमेल नहुँदाको फाइदा नेकपा एमालेलाई मिलेको छ ।

तालमेल गरेर एमालेलाई धेरै स्थानीय तह गुमाउने अवस्थामा लगे पनि झापा र मोरङमा एमालेले सानदार विजय हासिल गरेको छ ।

झापामा गठबन्धन भएको दमकबाहेक एमालेले राम्रो नतिजा निकालेको छ ।

विगतमा गुमाएको बाह्रदशी, मेचीनगर, गौरादह नगरपालिका फिर्ता ल्याएको छ । नेपालका सबै राजनीतिक दल एकातिर एमाले एक्लै लडेपछि दमकमा झिनो मतले हारेको छ । गुटगत लडाइँले कमल गाउँपालिका गुमाए पनि एमालेले तीनवटा पालिका प्रमुख थपेको छ ।

मोरङमा रहेका ८ नगरपालिका मध्ये ७ वटामा नेकपा एमाले विजयी भएको छ । उर्लाबारी, लेटाङ, पथरी शनिश्चरे, बेलबारी, सुन्दरहरैंचा, सुनवर्षी र रंगेली नगरपालिका एमालेले जितेको छ । कांग्रेसले रतुवामाई नगरपालिको मेयर जिते पनि उपमेयर एमालेकै विजयी भएका छन् ।

अघिल्लो चुनावमा एमालेले पथरी शनिश्चरे र बेलबारीको मात्रै मेयर जितेको थियो । एमालेले मिक्लाजुङ गाउँपालिका भने गुमाएको छ ।

एमालेले यसपटक विगतमा हारेको केराबारी गाउँपालिका पनि जितेको छ भने कानेपोखरीमा जीत कायमै राख्यो ।

एमाले नेताहरु भन्न थालेका छन्, ‘एक्लाएक्लै लड्दा एमाले कस्तो हुन्थ्यो झापा-मोरङमा हेर्न आउनू ।’