अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँका दश पालिकामध्ये पाँचमा कांग्रेस, चारमा एमाले, एकमा माओवादी

तनहुँका दश पालिकामध्ये पाँचमा कांग्रेस, चारमा एमाले, एकमा माओवादी


तनहुँ – स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका दशवटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । व्यास नगरपालिकाको मतगणना आइतबार राति सम्पन्न भएपछि जिल्लाका सबै पालिकाको नतिजा आएको हो ।

जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकामध्ये नेपाली कांग्रेसले पाँच, नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले एक पालिका जितेको छ । नेपाली कांग्रेसले व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख, भानु नगरपालिकाको प्रमुख र उपप्रमुख, शुक्लागण्डकी नगरपालिकाको प्रमुख, ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष जितेको छ ।

त्यस्तै कांग्रेसले बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा विजय हासिल गरेको छ । नेकपा एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष, भीमाद नगरपालिकाको प्रमुख र उपप्रमुख, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख, देवघाट गाउँपालिकाको उपाध्यक्षमा विजय हासिल गरेको छ ।

नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा बैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै, भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी हुनुभएको छ ।

 बन्दीपुर गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको छ । नेकपा एमालेबाट घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा खुमबहादुर विक, देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी हुनुभएको छ । जिल्लाका ८५ वडामध्ये नेपाली कांग्रेसले ४६, नेकपा ९एमाले० ले २८ र नेकपा माओवादी केन्द्रले ७ वडा जितेको छ । स्वतन्त्रबाट चार जनाले वडाध्यक्षमा विजय हासिल गरेका छन् ।

निर्वाचनबाट जिल्लाका चार सय ४५ जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख÷उपप्रमुख २०, वडाध्यक्ष ८५ र तीन सय ४० जना वडा सदस्य निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।