अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जंगली च्याउ खाँदा बुटवलमा छ जना बिरामी,पाँचको अवस्था गम्भिर

जंगली च्याउ खाँदा बुटवलमा छ जना बिरामी,पाँचको अवस्था गम्भिर


बुटवल- बुटवलमा जंगली च्याउ खाएर ६ जना बिरामी भएका छन्। त्यसमध्ये ५ जना बेहोस अवस्थामा छन्।
बुटवल उपमहानगरपालिका १२ नयाँगाउँका २८ वर्षकी रिना विक, २८ वर्षीया कमला विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ८ वर्षकी बालिका सप्रिया विकलाई अस्पताल लगिएको छ। उनीहरु सबै बेहोस छन्।
५० वर्षीय हुमबहादुर विक पनि बिरामी छन्। च्याउ खाएर बिरामी परेपछि उनीहरुलाई आफन्तले लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।