अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपामा बिग्रहको तयारी भइरहँदा लोसपा सक्रिय

जसपामा बिग्रहको तयारी भइरहँदा लोसपा सक्रिय


काठमाडौं– जनता समाजवादी पार्टी फुटको संघारमा भएका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकाएक सक्रिय भएको छ ।

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई समूह अलग हुने तयारीमा छन् । यहीबेला लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ । बैठक काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १२ बजे बस्ने केन्द्रीय सदस्य केशव झाले जानकारी दिनुभयो ।

बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृसंगठन निर्माणलगायत एजेन्डाहरूमा छलफल हुने कार्यतालिका छ । शनिबारदेखि बैठक सुरु भएको हो ।

शनिबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ती एजेन्डाहरू प्रस्तुत गर्नुभएको थियो ।