काठमाडौं – नेकपा एमालेबाट काठमाडौं क्षेत्र-४ को उम्मेदवारमा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई सर्वसम्मत सिफारिस भएका छन् । नेता निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता लिएपछि भट्टराईको एकल नाम सिफारिस भएको हो ।
बुधबार क्षेत्रीय कमिटी बैठकमा एमाले काठमाडौंका पूर्वअध्यक्ष कुइँकेलले पनि आफ्नो दाबी पेस गर्नुभएको थियो । २०७० सालमा गगन थापासँग पराजित भएका कुइँकेल २०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।
डा. भट्टराई दोस्रोपटक गगन थापासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । अघिल्लो चुनावमा झिनो मतान्तरमा पराजित भएका भट्टराईले यसबीचमा प्रधानमन्त्रीको सल्लाहकार भएका बेला सो क्षेत्रको विकासमा बजेट तथा ठूला आयोजनाहरू लगेका कारण पछिल्लो समय उहाँको प्रभाव बढेको छ ।
प्रतिक्रिया