अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोहोर व्यवस्थापनमा समस्या बढ्दै

फोहोर व्यवस्थापनमा समस्या बढ्दै


मोरङ-मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ । नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो ।

बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन् । नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित बनेको जनाइएको छ ।

यस्तै वडा नं ४ मा रहेको गछिया खेला छेउ बडहरामा पनि केही वर्षदेखि फोहोर फाल्ने गरिएको छ । नगरको विराटचोक बजार, खोर्साने, सलकपुर, गोठगाउँलगायत क्षेत्रबाट निस्कने फोहोरलाई जङ्गलमा र गछिया, दुलारी, बाँसबारी, बलियाको फोहोर बडहरामा फाल्ने गरिएको छ । पानी परेको समयमा प्लास्टिकजन्य फोहोर बगाएर किसानको खेतबारी तथा अन्य ठाउँमा पु¥याउने गरेकाले खेतबारीको माटोसमेत प्रदूषित भई उत्पादनमा गिरावट आएको सुन्दरहरैंचा १० निवासी नगेन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “ यो समस्या अन्त्यका लागि कुहिने तथा नकुहिने फोहोर मैला अलगअलग छुट्याएर उपयुक्त डम्पिङ साइडको विकास गर्नुपर्छ र फोहोरलाई मोहोरमा परिणत गर्न जरुरी छ । ”

नगरपालिकाले दैनिक रूपमा ट्र्याक्टर तथा टिपरबाट फोहोर सङ्कलन गर्दै आएको छ । फोहोर व्यवस्थापन गर्न तत्कालीन समयमा हाल रहेको वडा नं १ को कुमारगाउँमा २ बिघा ५ कट्ठा जग्मा खरिद गरिएको थियो । उक्त जग्गामा अहिलेसम्म फोहोर व्यवस्थापनको काम भएको छैन ।

उक्त क्षेत्र अहिले कासघारीमा परिणाम भएको छ । यो जग्गा खरिदका लागि विभिन्न सङ्घसंस्थाले सहयोगसमेत गरेका थिए । नगरपालिकाले हालसम्म सङ्कलन गरेको फोहोरमा कुहिने र नकुहिने फोहोर नछुट्याई व्यवस्थापन गर्ने गरेको छ ।

सञ्चारकर्मी बाबुराम निरौलाले सुन्दरहरैंचाको फोहोरमैला व्यवस्थापन समयमा नै ध्यान पुु¥याउन नसके समस्याका रूपमा रहने बताउनुभयो । उहाँले भन्नुभयो “ नगरको विभिन्न वडाबाट सङ्कलन हुने फोहोर हाल खोर्सानेको उत्तरतर्फको जङ्गलमा फाल्नु उपयुक्त छैन । ” समयमा नै फोहोरमैलालाई वर्गीकरण गरी कुहिनेलाई मल तथा नकुहिनेलाई कच्चापदार्थमा परिणत गर्न सम्बन्धित सरोकारवालाले ध्यान पु¥याउँदै ती जमिनमा भण्डारण केन्द्र निर्माण गरी दिगो फोहोरमैला व्यवस्थापन सुन्दरहरैंचामा गर्न जरूरी देखिएको स्थानीयहरू बताउँछन् ।

नगरप्रमुख केदारप्रसाद गुरागार्इंले नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या भएकोे हुँदा दीर्घकालीन समाधानका लागि काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “फोहोरको उचित व्यवस्थापन गर्न समय लाग्छ , मोरङको बेलबारी, केराबारी, पथरीशनिश्चरेलगायत छिमेकी पालिकाको सामूहिक पहलमा हाइवे उत्तर कसैलाई कुनै असर नपर्ने गरी फोहोरको उचित व्यवस्थापनमा पहल गर्न छलफल भइरहेको छ । ”