काठमाडौं-समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने आज दोस्रो दिन । निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन हिजो र आजको लागि समय दिएको थियो ।
हिजो पहिलो दिन समानुपातिक उम्मेदवारको बन्दसूची नबुझाएका ठूला राजनीतिक दलहरुले आज दोस्रो दिन बुभाउँदै छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची तयार गर्न ठूला दलहरू चटारोमा छन्।
दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची तयार पार्नुअघि उम्मेदवार छनोटको मापदण्ड बनाएर व्यवस्थापनमा सहजीकरण गरिरहेका छन् । जिल्ला क्षेत्र र प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरूको सूची लामो भएपछि दलहरूलाई उम्मेदवार छनोटमा सकस परेको हो।
आज नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची निवर्वाचन आयोगमा बुझाउँदै छन् ।







प्रतिक्रिया