काठमाडौं-नेकपा एमालेका नेता गोकुल बास्कोटाले गगन थापा, विश्वप्रकाश शर्मा र मिनेन्द्रप्रसाद लरिजाको भाका मिलेको जवाफ पर्खिएर बसेको बताउनु भएको छ । सोमबार सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणको सन्दर्भमा आफू गगन, विश्वप्रकाश र मिनेन्द्रको भाका मिलेको जवाफ पर्खिएर बसेको बताउनु भएको हो ।
अहिले न्यायालयमा देखिएको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लोकतान्त्रिक शासनको भव्य अभ्यास भएको उहाँले बताउनु भयो । उहाँले देउवा र प्रचण्ड शाही लोकतन्त्र र सामाजिक फासीवादी लोकतन्त्रबाट दीक्षित भएको पनि बताउनु भयो ।
उहाँले लेख्नु भएको छ, ‘शाही लोकतन्त्र र सामाजिक फासीवादी लोकतन्त्रबाट दीक्षित देउवा(प्रचण्ड राजको लोकतान्त्रिक शासनको भव्य अभ्यास हो न्यायालय प्रकरण । सत्ता कसरी चलाइन्छ ? चुनाव केन्द्रित र सत्ता संरक्षित ताण्डवपछि अझै प्रकट हुनै बॅाकी छन् । गगन, विश्वप्रकाश र मिनेन्द्रको भाका मिलेको जवाफ पर्खि बसेको छु !’ नेता बास्कोटाले चुनावपछि सत्ताको ताण्डव अझै देखिने बताउनु भयाे ।







प्रतिक्रिया