काठमाडौं-प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७६ दल दर्ता भएकोमा ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।
यस्तै प्रदेशसभातर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन् । आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने छ । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो ।
दुईदिन पेश भएको बन्दसूचीमाथि आजदेखि छानबिन हुने उहाँले बताउनु भयो । आइतबार चार दलले बन्दसूची पेस गरेका थिए भने ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ ।







प्रतिक्रिया