अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकिकृत समाजवादी मकवानपुरको सचिवालय सदस्यसहित २३ जना एमालेमा प्रवेश

एकिकृत समाजवादी मकवानपुरको सचिवालय सदस्यसहित २३ जना एमालेमा प्रवेश


हेटौंडा – नेकपा एकिकृत समाजवादी मकवानपुरकी सचिवालय सदस्य एवं राष्ट्रिय प्रतिनिधि परिषदकी सदस्य मनिला विष्टसहित २३ जना एमालेमा प्रवेश गर्नुभएको छ ।

आज मनहरी गाउँपालिकामा भएको कार्यक्रममा एमाले नेता डोरमणी पौडेल, केन्द्रीय सदस्य रामेश्वर राना, जुनेली श्रेष्ठसहितको टोलीले विष्टसहित २३ जनालाई एमालेमा स्वागत गर्नुभयो ।

प्रवेश गर्नेहरुमा जिल्ला सदस्यहरु बालमुकुन्ढ ढकाल, शिशुपाल बस्नेत, बासु पौडेल, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य गोविन्द बर्तौलासहित २३ जना रहेको एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुबेदीले बताउनु भयो ।

पार्टी प्रवेश गर्दै विष्टले अब फुटेर हैन जुटेर पार्टी निर्माण गर्दै देशको नेतृत्व लिने समय आएकोले आफूहरु एमाले फिर्ता भएको बताउनु भयो । स्थानीय तहको निर्वाचन परिणामले पनि सोही सन्देश दिएको भन्दै एकिकृत समाजवादीमा अन्य राजनीतिक दल हाबी भएको आफूहरुले बुझेको उहाँको भनाई थियो ।