अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्पष्ट बहुमत ल्याउने गरी नेकपा एमाले अघि बढेको छ : शेरबहादुर तामाङ,स्थायी कमिटी सदस्य

स्पष्ट बहुमत ल्याउने गरी नेकपा एमाले अघि बढेको छ : शेरबहादुर तामाङ,स्थायी कमिटी सदस्य


शेरबहादुर तामाङ,नेकपा एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँले कानुन र स्वास्थ्य मन्त्रालयको पनि कार्यभार सम्हालीसक्नु भएको छ । एमालेको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधीसभाका लागि उम्मेद्वार हुनु भएका तामाङ स्पष्ट वक्ता,मिडिया मैत्री र जनताको सेवामा तल्लिन एक राजनीतिक नेता हुनुहुन्छ । चुनावी प्रचारको व्यस्तताका बीच तामाङसँग यो बेलाले गरेको संक्षिप्त कुराकानीको अंश ।
एमालेमा १ लाख भन्दा बढी मानिसहरु अरु पार्टीबाट प्रवेश गरे भन्ने कुरा पार्टीले सावर्जनिक गरेको छनवप्रवेशीहरुको व्यवस्थापन कसरी हुँदैछ ?
व्यवस्थापन विभिन्न कमिटीमा हुन्छ । कतिपय मतदाता अनुसारका हुन्छन् । नेता तहहरूलाई सबैभन्दा पहिला पार्टीको सदस्यता दिन्छांै । त्यसपछि उनीहरूको जुन कमिटीबाट जुन जिल्लामा प्रवेश गरेका छन् त्यही जिल्लाले प्रदेश कमिटीमा सिफारिस गर्छ । प्रदेशले कसलाई कहाँ राख्न सकिन्छ केन्द्रलाई रिपोर्ट गरेपछि केन्द्रको संगठन विभागले निर्णय गरेर पठाउँछ ।
एमालेमा बढी प्रवेश गर्नेको संख्या मधेसवादी दलका नेता कार्यकर्ताहरु बढी देखिन्छन् । एमालेप्रति मधेसको आकर्षण के कारणले बढ्यो ?
सुरुदेखि नै एमालेको मधेसमा अलि कमजोर उपस्थित रह्यो । बीचमा मधेसमा एमालेप्रति अलि नकारात्मक धारणा पनि बनेको थियो । एमालेले मधेशविरोधी भएर केही गरेको पनि थिएन । अनधिकृत ढंगले एमालेलाई मधेसबाट टुटाउने, एमाले मधेस विरोधी हो भनेर भ्रम फैलाउने काम भयो । त्यो भ्रम छर्न पार्टीका मधेस केन्द्रित केही नेताहरू पनि लागे । २०६२÷ ०६३ को जनआन्दोलन अगाडी एमाले मधेसमा ठिकै थियो । त्यसपछि एमालेलाई मधेसबाट छुटाउनका लागि मधेस कै केही नेताहरू पनि पार्टी छाडेर अन्ततिर लागे । त्यसले गर्दा एमाले मधेस विरोधी हो कि भनेर पनि भ्रम बढ्दै गयो । यसलाई चिर्न पार्टी पछिल्लो समय निकै मिहेनतका साथ लाग्यो । एमाले कुनै भूगोल, क्षेत्र, जात विरोधी होइन । एमाले मुलुकको परिवर्तनको लागि जनताको जनजीवन परिवर्तनको लागि निरन्तर लागि रहेको पार्टी हो । सरकारमा रहँदा कुनै क्षेत्र भूगोल, जात विशेषलाई लक्षित गरेर काम गर्ने स्थिति बनेको होला । तर हामी सरकारमा भएका बेला पछाडी परेका वर्ग क्षेत्रलाई लक्षित गरेर विभिन्न कार्यक्रम लागु ग¥यौं । पछिल्लो कार्यकालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हामीले मधेस केन्द्रित काम ग¥यौं । मधेसका जिल्ला सदरमुकाम जोड्ने सडकलाई चार लेनमा विस्तार ग¥यौं। मधेसका सदरमुकामलाई केन्द्रित गरेर करोडौंको बजेट विनियोजन ग¥यौं । मधेसमा पछाडी परेको समुदाय छन् । उनीहरूको घर समेत बनाउन नसक्ने अवस्थामा हामीले फुसको छाना हटाउने अभियान चलायौँ । सबैलाई नयाँ घर दिने काम ग¥यौं। यसले गर्दा जनतामा पनि एमाले मधेस विरोधी रहेनछ, मधेसका जनताको पछिमा काम गर्ने रहेछ भन्ने प्रभाव बढ्दै गयो । त्यो प्रभावले गर्दा जनता पनि एमालेमा प्रवेश गर्दै गए र एमालेले पनि संगठन विस्तार गर्दै गयो । यसले गर्दा प्रभाव बढ्दै गएको छ र झन् बढेर जाने देखिन्छ ।
हिजो मधेसमा एमाले छाडेर अन्य दलमा जाने प्रवृति थियो भने आज अन्य दलबाट एमालेमा आउनेको संख्या बढेको छ । ती नेतासँगै जनतालाई पनि एमालेमा प्रवेश गराउने काम भइरहेको छ । हामी कसैको विरोधीभन्दा पनि भ्रम फैलाएर हामीलाई मधेसबाट छुटाउने खेल थियो त्यसलाई चिर्ने काम भइरहेको छ । अहिले जनतामा सकारात्मक सन्देश गएकाले एमालेप्रति स्वत आकर्षण बढेको छ ।
नागरिकता विधेयकमा एमालेको असहमतिले पनि मधेसमा एमालेलाई कमजोर बनाउँछ भन्ने छ नि ?
होइन त्यो भ्रम हो । नागरिकताका सवालमा मधेस केन्द्रित केही दलहरूले भ्रम छर्दैछन् । राजनीतिक खेती गरिरहेका छन् । मधेसमा सरकारले नागरिकता दिएको छैन, त्यसमा पनि एमाले विरोधी छ भनेर भ्रम फैलाएर उहाँहरूले राजनीति खेती गरिरहनु भएको छ । नागरिकता विधेयकले मधेसमा केही असर, फरक पर्ने छैन । फरक त मधेसमा जन्मेका, मधेसका वंशज, मधेसका नेपालीलाई पर्छ । नागरिकताको कुरा देखाएर मान्छेलाई भ्रम फैलाएको हो । हामीले २०६२÷ २०६३ को जनआन्दोलन पछि पुस्तौँ पुस्ता मधेसमा रहेका, मधेसमा घरजम गरेर यही जन्मे हुर्केकालाई नागरिक दिनुपर्छ भनेका थियौँ । हामीले ०६३ सालमा एकचोटी मधेसमा नागरिकताको समस्या समाधान गर्न नेपालमा जन्मे हुर्केकालाई नागरिकता दिने र तीनका सन्तानलाई पनि दिन सकिन्छ भनेर नागरिकता बाँड्ने सहमति ग¥यौं । त्यसमा एमाले पनि थियो । त्यती बेला आठौँ लाख नागरिकले नागरिकता लिएका छन् । नागरिकता पाउने कुरामा हामी सकारात्मक छांै । सकरात्मक भएर नै हामीले पहिला नागरिकता ऐनमाथि सबै कुरा लिएर पनि आएका थियौँ । नागरिकता ऐन पास गर्न सकिएन । लामो समय छलफल गरौँ । संसदबाट टुंगो लागेन । अगाडि बढ्न सकेन । अगाडि बढाउँदा केही फरक थिएन । सबै कुरा सही थियो । जन्मसिद्ध र तीनका सन्तानले नागरिकता पाउने प्रतिवेदन सदनबाट पास भएकै थियो । सबैको सहमति थियो । संसदमा पास नभएपछि हामीले अध्यादेशमार्फत जन्मसिद्ध र तीनका सन्तानलाई नागरिकता दिनु पर्छ भनेका थियौँ । तर अदालतले रोकिदियो । त्यसपछि संसदमा छलफल भएको दफालाई पास गर्नु छाडेर अहिलेको गठबन्धनले गरेन । उहाँहरूलाई फेरि मधेसमा नागरिकताको कार्ड देखाएर, नागरिकताको मुद्दा देखाएर राजनीति गर्ने छ । कांग्रेसलाई पनि मधेसबाट एमालेलाई कसरी एक्लाउन सकिन्छ भन्ने छ । तर उहाँहरुको मक्सद पुरा हुन सक्ने देखिएन । किनकि हामीले मधेसको सबभन्दा ठूलो जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेका छौं । एमालेको नीतिका आधारमा नै जसपासँग तालमे भएको भनेर बुझ्न गाह्रो छैन ।
अन्य प्रदेशमा चुनाव लक्षित पार्टी प्रवेशको गतिविधि कसरी हुँदैछ ?
पार्टीको गतिविधि चलिरहेकै छ । अन्य प्रदेशमा पनि राम्रै छ । पार्टीका सबै नेताहरू अहिले भूगोल, क्षेत्र लक्षित भएर गइरहनु भएको छ । नेताहरू खटिरहनु भएको छ । सबै निर्वाचन क्षेत्रमा केन्द्र भएर अगाडि बढी रहनु भएको छ । जहाँ एमाले गयो, नेता कार्यकर्ता गए त्यहाँ उत्साह पूर्वक ढंगले कार्याकमहरु सम्पन्न भइरहेका छन् । त्यसैले पनि अहिले गठबन्धन आत्तिएको छ । उहाँहरू पाँच दल गठबन्धन गरिरहनुभएको छ । अझ अरू दलपनि मिलाउने प्रयास गरिरहनु भएको छ । तर एमालेसँग एक्लै लड्न उहाँहरूलाई डर लागिरहेको छ । तर पनि एमाले बहुमत ल्याउने तयारीका साथ अघि बढीरहेको छ ।
उहाँहरूले नेपाल कम्युनिस्ट पार्टी नेकपा थियो फुटाउनु भयो । साथीहरूसँगै रहन सकेनन् । पार्टी फुट्यो माओवादी बन्यो, एमाले पनि भयो । एमालेको शक्ति कमजोर भयो, नेकपाको शक्ति कमजोर भयो, कम्युनिस्ट पार्टी कमजोर भयो भन्ने छ साथीहरुललाई । तर फेरि यही पार्टी शक्तिशाली हुन्छ कि भन्ने डर लाग्यो उहाँहरूलाई । त्यही कारणले जबरजस्ती संसदमा अध्यादेश ल्याएर पार्टी फुट्यो । एमालेबाट केही साथीहरू बाहिर हुन सफल हुनुभयो । त्यति हुँदा पनि एमाले अझै बलियो छ भनेर एमालेसँग लड्न उहाँहरू डराउनु हुन्छ । गठबन्धन गरेर लड्ने कोशिस जारी छ । त्यसैले हामीलाई कुनै आपत्ति छैन । हामीले आफ्नो तयारी गरिरहेका छौँ । उहाँहरू स्वार्थको गठबन्धन कतिसम्म टिक्छ । त्यो पनि हेरिरहेका छौँ । देश र जनताको स्वार्थमा होइन आफ्नो निजी निहित स्वार्थमा उहाँहरू गठबन्धन गरिरहनु भएको छ । अब जति सक्नुहुन्छ गर्नुहुन्छ । तर एमाले आफ्नो तयारीमा छ ।
एमालेले चुनावी घोषणा पत्र कहिले सार्वजनिक गर्ला ?
निर्वाचन हुन अब करिब ३५ दिन बाँकी छ । पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले घोषणा पत्रमा राख्नका लागि मतदाता,कार्यकर्ता र नेताहरुले दिएका सुझावहरुको अध्ययन गर्दैहुनुहुन्छ । आएका धेरै भन्दा धेरै सुझावहरुलाई कसरी सम्बोधन गर्ने ? जनताका आधारभुत समस्या समाधानका लागि पार्टी सरकारमा गएपछि के कस्तो नीति र कार्यक्रम सञ्चालन गर्नेछौं भनेर जनतालाई विश्वस्त तुल्याउने प्रकारको घोषणा पत्र तयार हुदैछ । सम्भवत हप्ता दश भित्र तपाईंले एमालेको घोषणा पत्र पढ्न पाउनु हुन्छ ।