अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा (फोटो फिचर)

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा (फोटो फिचर)


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नु भएको छ ।

अध्यक्ष ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा आउनु भएको हो । अध्यक्ष ओलीको साथमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली पनि आउनु भएको छ ।

नेकपा एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली आज अपरान्ह साढे ४ बजे दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा सहभागी हुनुहुनेछ । त्यसपछि नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

भोली बिहान ११ बजे क्षेत्र नम्बर १ को धुलाबारीमा बृहत् कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेस क्षेत्र नम्बर ५ स्तरीय बृहत् कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा क्षेत्र नम्बर ५ भरीका कार्यकर्ताहरुको उपस्थिति रहनेछ ।

कात्तिक ३ गते जनतासँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिनुभयो । अध्यक्ष ओली ३ गते दिउसो २:५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।