अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा परित्याग गरी दर्जनभन्दा बढी एमाले प्रवेश

राप्रपा परित्याग गरी दर्जनभन्दा बढी एमाले प्रवेश


 चरिकोट – आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन आह्वान भीमेश्वर नगरपालिका २ तिखातल बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय एक दर्जन भन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

आज तिखातल टोल कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा एमालेका नेता एवं प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले उहाँहरुलाई प्रवेश गराउनुभएको हो ।

प्रवेश गर्नेमा ओमराज श्रेष्ठ, तीर्थमाया ठकुरी, निरुमाया क्षेत्री लगायतका रहनुभएको छ ।

कार्यक्रममा एमाले दोलखाका नेताहरु डबल पाण्डे राजेन्द्र मानन्धर हरिवंश चौलागाई लगायतको उपस्थिति रहेको थियो।