अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपाको महासचिवमा विप्लव चयन, संसदीय व्यवस्था असफल भएको निष्कर्ष

नेकपाको महासचिवमा विप्लव चयन, संसदीय व्यवस्था असफल भएको निष्कर्ष


काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा फेरि नेत्र विक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको हो।

यस्तै महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित गरिएको नेकपाले जनाएको छ ।

असोज २५ गतेदेखि चलेको महाधिवेशन मंगलबार सम्पन्न भएको छ । महाधिवेशनमा विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ । यस्तै महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्णरूपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्ष निकालेको छ ।